सप्तरी । विवाहित एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई अदालतले ७ वर्ष कैद सजाय तोकेको छ ।
सप्तरीको रुपनी गाउँपालिका १ निवासी ३८ बर्षिय देवेन्द्र यादवलाई सोही वडा निवासी ३० बर्षिया विवाहित महिलालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले ७ वर्ष कैद सजाय तोकेको हो ।
२०७५ साल फागुन ११ गते भएको सो घटना उपर विहिबार सुनुवाई गर्दै न्यायधिश नन्दकिशोर यादवको एकल इजलाशले सो फैसला गरेको हो ।
श्रीमान रोजगारीका लागि मलेशिया गएको मौका छोपी यादवले आफुलाई बलात्कार गरेको भन्दै पिडित महिलाले दिएको उजुरीको आधारमा प्रहरीद्वारा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका यादवमाथि जबरदस्ती करणी मुदा चलाईएको थियो । यादवले भने आफु निर्दोष रहेको तथा पिडित भनिएकी महिलाले जबरजस्ती फसाएको दावी गरेका छन ।
तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)






