खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका लागि भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाएपछि यसले जनताको स्वास्थ्यमा गम्भीर आघात पु¥याउने निश्चितजस्तै छ । पहिलेदेखि नै निकै विवादमा आएको सो कुहिएको खाद्यान्न नष्ट गर्नुपर्ने आवाज उठे पनि उल्टै त्यसलाई पोलिस गरी नयाँ बोरामा प्याक गरिएको कुरा सार्वजनिक भएको थियो । खाद्यका कर्मचारी र सम्बन्धित विभाग कारबाहीमा पर्ने डरले कुहिएको बास्मती चामल नष्ट गर्न कोही पनि तयार रहेका थिएनन् । विवाद उठेको केही महिनासम्म गुपचुप राखेर सो गल्ती ढाकछोप गर्न पनि चामललाई पोलिस गरी राजधानी सहरबाहिर पठाउने तयारी भइरहेको थियो । यही मौका कुरिरहेको खाद्यकम्पनीले हालै मात्र कर्णालीका दुर्गम जिल्लामा पठाउने उद्देश्यसहित सो चामल सुर्खेत पठाएको हो । सुर्खेतमा बिक्रीका लागि भनेर पठाएको पोलिस गरिएको सो कुहिएको चामल खाद्यप्रविधि विभागको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले खानयोग्य नभएको भनेर नष्ट गर्न सुझाव दिएको थियो ।

निकै लामो विवाद र तानातानको अवस्था सिर्जना भएपछि सो कुहिएको चामलको पटकैपटक गरी १० वटा नमुना परीक्षण गरिसकिएको थियो । यसपछि मात्र खाद्यप्रविधि विभाग कुहिएको चामल नष्ट गर्ने निष्कर्षमा पुगेको थियो । हालको बजार मूल्यअनुसार चामलको भाउ ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको हुन आउँछ । तौलका हिसाबले ४ सय ८७ मेट्रिक टन रहेको पोलिस गरिएको बास्मती चामल खाद्य कम्पनीको थापाथलीस्थित चामल गोदामबाट सुर्खेत पुगिसकेको छ । सो खाद्यान्नको खाद्य गुण केही पनि बाँकी रहेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार यो चामलमा कीरा परेर धुलोधुलो भइसकेको छ । तर, सो चामल नष्ट गर्दा कुहाउने कर्मचारीले ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँ क्षतिपूर्ति भर्नुपर्ने भएकाले त्यसलाई पोलिस गरी केही राम्रो थप बास्मती चामल मिसाइएको छ । रिपोलिसिङ गरिएको सो खाद्य समयमै रोकी जनताको जीउधनको रक्षा गर्न÷गराउन सम्बन्धित विभागले बेलैमा कदम चाल्नुपर्छ । खाद्य मानिसको पहिलो प्राथमिकता हो । यो गुणयुक्त र खानयोग्य हुनुपर्छ । संविधानले पनि यसको हकहितको ग्यारेन्टी गरेको छ । उपभोक्ता हितको कुरा पनि यसअन्तर्गत नै पर्छ ।

सुर्खेतमा रहेको खाद्य कम्पनीको प्रादेशिक कार्यालयले पनि साउन र भदौ महिनाको बीचमा काठमाडौंबाट २ हजार २ सय क्विन्टल बास्मती चामल पुगिसकेको र दर्ता गरी राखिसकेको छ । कहिल्यै पनि बास्मती चामल नपाउने कर्णालीले यसपटकको दसैं र तिहारको मुखैमा किन बास्मती चामल पायो भनेर कर्मचारी पनि आश्चर्यमा परेका छन् । यसबारे उपभोक्तासम्म त सूचना पुगेको देखिँदैन तर कर्मचारी भने यसबारे अनभिज्ञ भने छैनन् । इतिहासमा पहिलोपटक कर्णालीका नौ जिल्लाका लागि भनेर पठाइएको खान अयोग्य बास्मती चामल पठाउने कार्य आफंैमा दण्डनीय हो । नेपालको संविधानको धारा ४४ को १ मा नागरिकको मौलिक हक सम्बन्धमा गरिएको व्यवस्थाअनुसार प्रत्येक उपभोक्तालाई गुणस्तरीयवस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख छ । संविधानको सो व्यवस्थाको बर्खीलाप हुनेगरी खाद्य व्यवस्था कम्पनीले उपभोक्तालाई कुहिएको चामल पठाउनुलाई भ्रष्टाचार मात्रै नभएर ठूलो अपराधका रूपमा लिनुपर्छ । यस विषयमा तालुकदार मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले छिटोभन्दा छिटो छानबिन गरी त्यस्तो कार्य गर्ने कर्मचारीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

सार्वभौमसत्ताका मालिक जनता कि नेता ?
नेपालमा इन्टरनेटमाथि करैकर
साझा पार्टीको प्रश्न : सरकारले गोबिन्द केसीलाई मार्न आाटेको हो ?
सिद्धान्तविहीन स्वार्थलोलुप झुन्ड राजनीतिक अस्थिरताको कारक
गन्यापधुरा गाउँपालिका असार १२ गतेसम्म सिल
वैशाख अन्तिममा बजेट अधिवेशन, जेठमा नीति तथा कार्यक्रम

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी