राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो, कुनै व्यक्तिमा यो भावना निकै बढी हुन्छ भने कुनै व्यक्तिमा अलि कम हन्छ । कतिपयले यस्तो भावनालाई आफूभित्र लुकाएर राख्ने प्रयास गर्छन् भने अधिकांशले प्रत्यक्षपरोक्ष रूपमा बोली र व्यवहारद्वारा इष्र्या व्यक्त गर्छन् । त्यसो त लुकाएर राख्न खोज्नेहरूले पनि पूर्ण रूपमा लुकाउन असमर्थ हुन्छन् ।

डाहको मनोविज्ञान
डाह वा इष्र्यामा डर र क्रोधको संयुक्त रूप हो । अर्थात् डाहमा डर पनि हुन्छ, क्रोध पनि हुन्छ । जब कुनै व्यक्तिले आफूलाई पहिलादेखि नै प्राप्त अनुरागमा वास्तविक वा काल्पनिक कमी महसुस गर्छ भने उसमा डाह वा इष्र्या संवेग उत्पन्न हुन्छ । जुन व्यक्तिमा डाह उत्पन्न हुन्छ, उसलाई उसको ठाउँ अर्को व्यक्तिले लिने डर हुन्छ ।

वास्तवमा हार हीन मनोवृतिको उपज हो । मानिसमा यस्तो मनोवृत्ति बाल्यकालदेखि नै देखापर्छ । बालबालिकाले हारको अभिव्यक्ति प्रतिद्वन्द्वीलाई पिटेर, टोकेर वा कुनै प्रतिस्पर्धामा हराउने कोशिस गरेर गर्छन् तर पाका मानिसहरूले डाहको अभिव्यक्ति परोक्ष रूपमा गर्छन् ।

हिन्दी फिल्म थ्री इडिएट्स मा एउटा निकै मनोवैज्ञानिक र सटिक संवाद छ । आफूसँग मिल्ने साथी परीक्षामा फेल भयो भने दुःख लाग्छ तर साथीले आफूले भन्दा बढी अंक ल्यायो भने त्योभन्दा बढी दुःख लाग्छ । वास्तवमा यो संवादले मानिसको मनोविज्ञानलाई दर्साउँछ ।

कुनै गाउँमा निकै मिल्ने साथीहरू थिए, हिन्दी फिल्म सोलेका जय र विरुजस्तै । कागतालीले उनको नाम पनि जय र विरु नै थियो । एक दिन घुमघाम गर्न जय जंगलतिर गएको थियो । अकस्मात् उसले आफ्नो अगाडि वनदेवी प्रकट भएको देख्यो । सपना हो कि विपना उसले ठम्याउन सकेन तर पनि उसले हात जोडेर वनदेवीलाई ढोग ग-यो ।

डाह वा इष्र्या आफैंमा डर र क्रोधको संयुक्त रूप हो, अर्थात् डाहमा डर पनि हुन्छ र क्रोध पनि हुन्छ

वनदेवी मुसुक्क हाँसेर भनिन्, ‘जय ! म तिमी दुईको मित्रता देखेर निकै प्रसन्न छु । वास्तवमा तिमीहरू मित्रताको एक उदाहरण हौं । यसै खुसीमा म तिमीलाई तीनवटा वरदान दिन चाहन्छु । अब तिमी घर जाऊ र मलाई सम्झेर तीनवटा वरदान माग, तत्काल नै ती वरदान पूरा हुनेछन् । तर, एउटा कुरा के भने तिमीले जेजे माग्नेछौं, त्यसको दोब्बर तिम्रो अभिन्न साथी विरुलाई प्राप्त हुनेछ ।’

वनदेवीको कुरा सुनेर जय निकै खुसी भयो । वनदेवीलाई धन्यवाद दिँदै घरतिर दौडियो । आफ्नो पुरानो घरदेखेपछि उसले हात जोडेर प्रार्थना ग¥यो, वनदेवी, मलाई आलिशान घर दिनुस् । जयको प्रार्थना भुइँमा खस्न नपाउँदै पुरानो घरको ठाउँमा एउटा विशाल घर खडा भयो ।

विरु निकै खुसी भयो । अनि उसले सोच्यो, ‘यो भव्य महलमा कैटरिना कैपजस्ती सुन्दरी भए झन् कति मजा आउने थियो ।’ उसले सोच्नेबित्तिकै बार्दलीमा बसेकी एक सुन्दरीले बोलाएको देख्यो ।

अनि ऊ रोमाञ्चित हुँदै बार्दलीतिर लाग्यो । त्यसैबेला सिढीको झ्यालबाट अचानक उसको नजर विरुको घरतिर प¥यो । विरुको पुरानो घरको ठाउँमा दुई भव्य महल खडा थिए । महल अगाडिको लनमा बसेर विरुले दुई सुन्दरीहरूसँग मस्ती गर्दै थियो । त्यो दृश्य देखेर जयको सास फुल्यो । फुटुमा धुँवा पुतपुत्तायो । ऊ एकाएक करायो, वनदेवी मेरो एउटा आँखा फोडिदिनुस् ।

राजनीति, डाह र डर
डाह र डरको भावना हरेक मानिसमा विद्यमान हुन्छन् । कुनै पनि मानिस पूर्णरूपमा इष्र्यालु र निडर हुँदैनन् । तर राजनीतिमा डाह र डर दुवै बढी हुन्छ ।

डाह र नकारात्मक डरको भावना जति कम भयो, त्यत्ति नै मानिसको जीवन सफल हुन्छ र राजनीति पनि चुलिन्छ

धेरैलाई अझ पनि सम्झना रहेको हुनुपर्छ । माधव नेपाल प्रधानमन्त्री हुँदा एमालेका अध्यक्ष झलनाथलाई नै सबैभन्दा बढी जलन भएको प्रस्ट देखिन्थ्यो । झलनाथ प्रधानमन्त्री भएपछि माधव र ओलीलाई पनि त्यत्ति नै जलन भएको थियो । सुशील कोइराला प्रधानमन्त्री हुँदा सबैभन्दा बढी डाह र डर देउवालाई भएको सहजै अनुमान गर्न सकिन्थ्यो । अहिले यस्तो डाह र डर रामचन्द्र पौडलमा भएको हुनुपर्छ । कांग्रेस र एमालेको मात्र कुरा होइन, ठूला नेताहरूको मात्र कुरा होइन, हरेक स्थानीय नेता वा कार्यकर्ताहरूमा पनि यस्तो भावना देखिन्छ ।

राजनीतिमा डर र जीत
हिन्दी फिल्म रेसको पर्दामा सैफअली खानले शिर ठाडो पारेर आफ्नो प्रतिद्वन्द्वीलाई गौरवसाथ भन्छ, ‘तुम्ने कभी जिता नही, क्यों कि तुम्ने हमेसा हरानेको सोच्ते हो । मैने कभी हारा नही, क्यों कि मैन हमेसा जित्नेको सोच्ता हुँ ।’ यो संवाद एकपटक गहिरेर सोच्नुहोस् त ? कति मनोवैज्ञानिक छ, यो संवाद, कति सत्य र सटिक छ, यो संवाद । तैंले कहिल्यै जितिनस्, किनकि तैंले सधैं मलाई हराउन सोचिस् । मैले कहिल्यै हारिनँ किनकि मैले सधैं जित्न सोचें ।’

वास्तवमा जित्न सोच्नेले, जित्न खोज्नेले नै सधैं जित्छ । हराउन सोच्नेले, हराउन खोज्नेले कहिल्यै जित्दैन, सधैं हार्छ । त्यो किन भने जित्न सोच्नेले जित्ने सोच्छ, सधैं जितलाई हेर्छ तर हराउन खोज्नेले आफ्नो जितबारे होइन कि सधैं अर्काको हारको बारेमा सोच्छ, सधैं उसलाई हराउन खोज्छ । अनि हराउन खोज्ने आफैं हार्छ, जित्न खोज्नले नै जित्छ ।

मानसिक समस्या
डाह र डर समान्य भावना हो । तर, कहिलेकाहीँ यो भावना अनेक कारणले असमान्य हुन पुग्छ । असामान्य डाह र डर मानसिक समस्या हो । यस्तो अवस्था विभिन्न किसिमका मनोवैज्ञानिक रोगको कारण पनि देखा पर्न सक्छ । असामान्य डाह र डरले मानिसको दैनिक जीवनयापनमा नै अवरोध सिर्जना गर्ने हुनाले यसको उपचार आवश्यक छ । डाह र नकारात्मक डरको भावना जति कम भयो, त्यत्ति नै मानिसको जीवन सफल हुन्छ, राजनीति पनि ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

कांग्रेस क्रियाशील सदस्यताका लागि फेरि समय थप
२८ वर्षपछि अर्जेन्टिनाले जित्याे कोपा अमेरिका
भोजपुरका संक्रमित युवा : मावली, ससुराली हुँदै बजार घुमेका थिए
नेता भेट्न नख्खु जेल पुगे मन्त्री थापा
एकैदिन थपिए २४ कोरोना संक्रमित
कानुनको ‘लुप होल’मा टेकेर सजिलै उम्कन्छन्, वन्यजन्तु तस्कर

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी