मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका कमलसिंह महरा आज बिहान मृत अवस्थामा भेटिएका थिए ।

अनुसन्धानका लागी पुगेको प्रहरीले हत्या आशंकामा २ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ब्यक्तिहरुको परिचय प्रहरीले खुलाएको छैन् । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताए ।

मृतक महराको सरीर भरी चोटपटक र निलडामका साथै टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशंका गरिएको छ ।

मासु पसल सञ्चालन गर्दै आएका मृतक महराको आफ्नो पसल बन्द रहेको पाइएको छ भने, उनको शव २ सय मिटर टाढा राम महरा र हिक्मत महराको पसल अगाडी भेटिएको थियो ।

शव भेटिएको ठाउँका पसलेले आफुलाई घटना’bout जानकारी नभएको बताएपनि पसल भित्रै रगत भेटिएको स्थानिय प्रताप महराले बताए । उनले भने ‘पुर्ण रुपमा हत्या भएको जस्तो छ । सरीरभरी निलडाम र घाउहरु छन् । टाउको फुटेको छ भने, छातीमा गम्भीर प्रकारको चोट छ ।’

मृतक महरालाई राती १०बजे घरबाट बुहारीले फोन गर्दा घर आउन ढिलो हुने र आफ्ना लागी खाना छोपेर राखिदिन भनेका थिए । मृतकको खल्तीमा केहि नगद पैसा र १ पाउ जति पकाएको मासु समेत भेटिएको छ ।

मृतक महराको घरमा श्रीमति, २ छोरा, १ बुहारी र २ नातिनि रहेका छन् । मृतकका जेठा छोरा मानसिक सन्तुलन गुमाएका छन् भने, कान्छा छोरा बैदेशीक रोजगारीको क्रममा साउदी अरेवीयामा रहेको स्थानिय गणेश भाटले बताए ।
मृतकको शव पोष्टमार्टका लागी जिल्ला अस्पताल बैतडी ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न