एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

 

काठमाडाैं ।  नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।

समूहगत छलफलपछि जवाफ दिनेक्रममा उपमहासिचव विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए । विशेष महाधिवेशनमा कोषध्यक्ष राख्नुपर्ने माग पनि उठेको थियो । तर उपमहासचिव पौडेलले यो आवश्यक नपर्ने बताए । कोषध्यक्ष पद राख्दा लोकप्रिय व्यक्ति त चुनिएर आउन सक्ने, तर विषयविज्ञ नहुनसक्ने भन्दै उनले आर्थिक विभाग प्रमुख नै राख्ने परम्परालाई निरन्तरता दिनुपर्ने उनको जोड छ ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१० हजार बढी सुब्बा बिदाको बहानामा आन्दोलनमा

कुरी-कुरी