मोतिपुर घटना : सुकुम्बासी र प्रहरीकाे झडमा तीन जनाकाे मृत्यु


बुटवल । रुपन्देहीको मोतिपुरमा आइतबार सुुकुुम्बासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीचको झडप नियन्त्रण बाहिर गएको छ । झडपमा प्रहरीले दर्जनौ राउण्ड गोली चलाउँदा ३ जना सर्वसाधारणको मृत्यु भएको छ । भने, ३ दर्जनभन्दा बढी घाइते भएका छन् । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो । मोतिपुरको अवस्था दिनभर तनावग्रस्त भयो ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले भने, ‘हाम्रो अस्पतालमा ५ जना प्रहरी र ८ जना सर्वसाधारण घाइते आएका थिए । तीमध्ये तीन जनाको अस्पताल ल्याउँदै मृत्यु भएको थियो । अस्पताल आएकामध्ये एक जना गम्भीर घाइते भएका छन् । अन्यको उपचार हुँदैछ ।’ तर, प्रहरी प्रशासनले घटना मृत्युको पुष्टि गरेको छैन । प्रहरी प्रशासन पत्रकारको सम्पर्क बाहिर छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । बाटोमै मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ । उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष छन् । रुपन्देही प्रहरी प्रमुख मनोज केसीले सम्पर्कमा आएनन । जग्गा कब्जा गरी बसेका र प्रहरीहरूबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४७ जनाको उपचार भइरहेको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर अस्पतालका इमरजेन्सी इन्चार्ज रामप्रसाद अर्यालले जानकारी दिए । उक्त क्षेत्रमा तनावको स्थिति भएपछि आइतबार ४ बजेपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतवार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरू भत्काउँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए । करिब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।
२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।

तपाइको प्रतिक्रिया
(Visited 612 times, 1 visits today)

epaper

ताजा समाचार

कानुनी सल्लाहकार हटाउँदै प्रधानमन्त्री