श्रीमानले लात्ताले हानेर गरे श्रीमतीको हत्या

सांकेतिक तस्वीर

रसुवा । रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका-५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीया बाटुली तामाङनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङनीलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन । इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो । चेकजाँचको क्रममा तामाङनीको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । मृतकको शव पोष्टमाटम गरि आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

७६ वर्षीय बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन