माइभ्याली गोल्डकपको उपाधि मछिन्द्रलाई

इलाम । इलामको माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई एक शुन्य गोलले पराजित गर्दै माईभ्यालिको उपाधि मछिन्द्रले हात पारेको हो । खेलको अतिरिक्त समयमा गोल गदेै मछिन्द्रले उपाधि हात पारेको थियो । माईभ्यालीको उपाधि सँगै मछिन्द्रले यो सिजनको उपाधि ह्याट्रिक गरेको छ । अतिरिक्त समयमा मिडफिल्डर निया आन्ड्रेसले गोल गर्दै मछिन्द्रलाई उपाधि दिलाएका थिए । खेलको शुरुवात देखिनै प्रतिस्पर्धात्मक प्रदर्शन रहेको थियो ।

पहिलो पटक माइभ्याली गोल्डकपको फाइनलमा पुगेको आयोजकले होम ग्राउन्डको फाइदा लिन सकेन । माइभ्यालीका सरन बस्नेतको प्राहार बारमा ठोक्किएर बाहिरियो । निर्धारित समयमा मछिन्द्रका विमल घर्तीमगरले पेनाल्टि क्षेत्रबाट गरको प्रहार आकासिएको थियो । मछिन्द्रको उत्कृष्ट प्रहार माइभ्यालीका छिरिङ गुरुङ्गले बचाएका थिए ।

खेलको १२ औं माइभ्यालीका कप्तान छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए । २२ औं मिनेटमा पेनाल्टी एरिया नजिकैबाट मछिन्द्रका रेजिङ सुब्बाको प्रहार फ्रेममा नपरि आकासिन पुगेको थियो । ४३ अ‍ैं मिनेटमा मछिन्द्रका विमलले पाएको वान टु वानको प्रहार फ्रेममा परेन ।
ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा दुवै टोलीले पाएका केहि अवसर गुमाउँदा दुबै टोलीले अग्रता लिन सकेका थिएनन ।

खेलको म्यान अफ द म्याच मछिन्द्रका निया आन्ड्रेस घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे । खेलभरिकै उत्कृष्ट डिफेन्डर माइभ्यालीका छिरिङ गुरुङ,वेष्ट गोलकिपर आयोजककै देव लिम्बु, मिट फिल्डर र वेष्ट फरर्वड मछिन्द्रका योगेश गूरुङ र निया आन्ड्रेस घोषित भए । सबै खेलाडीले नगद २५ हजारका दरले प्राप्त गरे भने वेष्ट फरवर्डले नगद पाँच हजार प्राप्त गरे । त्यस्तै खेल भरिकै उत्कृष्ट खेलाडि माईभ्यालीका करन बस्नेत घोषित भए । उनले नगद एक लाख १५ हजार प्राप्त गरे । मछिन्द्रका कोच उत्कृष्ट प्रशिक्षक बन्दै नगद २५ हजार प्राप्त गरे ।
उपाधिसँगै मछिन्द्रले आठ लाख र उपविजेता माइभ्यालीले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।

मेसी भन्दा कम छैनन नेपाली खेलाडी :  नेम्वाङ

संविधान सभाका अभ्यक्ष सुवास नेम्वाङले नेपालका खेलाडी पनि मेसी भन्दा कम नभएको बताएका छन । इलाममा सम्पन्न माइभ्याली फुटबल क्लबको समापन कार्यक्रममा बोल्दै नेम्बाङले नेपाली खेलाडी पनि मेसी भन्दा कम नभएको बताएका हुन । उनले खेल क्षेत्र वर्तमान सरकारको प्राथमिकताको क्षेत्र रहेको र अव नेपाल ब्राजिल भन्दा कम नरहने पनि बताए । उनले इलाम खेल क्षेत्रमा अग्रणी जिल्ला भएको चर्चा गर्दै आफूले खेल क्षेत्रका लागि विभिन्न काम गरिरहेको बताए ।

नेम्वाङले भने खेलकुद क्षेत्रमा काम भइरहेको छ । खेल क्षेत्रलाई पाखा राखेर देश समृद्ध नहुेने भन्दै इलाममा फुटबल प्रतियोगिताका लागि सर्वसाधारणका लागि मैदान नहुनु दुःखद भएको बताए । खेलमैदानको दिर्घकालिन समस्या समाधानका लागि पनि लाग्ने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी