काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्यान्डमार्क होटलमा महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यावसायिक लक्ष्य पुरा गरेका बिमा अभिकर्ताहरूको सहभागिता रहेको थियो । जीवन बिमा व्यवसायमा परम्परागत बिमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बिमाको पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र वृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ । नेपाल जस्तो स्रोतसाधन कम भएको देशमा बिमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेसामा नेतृत्व कसरी विकास गर्ने, बिमालाई व्यववसायिक रूपमा सञ्चालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरूको विषयमा सहभागिहरूलाई तालिम दिइएको थियो । निम्न वर्गमा बिमाको पहुँच वृद्धि गर्न तथा युवा वर्गमा बिमा सम्बन्धि जनचेतना वृद्धिका लागि युवासँग–महालक्ष्मी लाइफ कार्यक्रमलाई अझै प्रभावकारी रूपमा गाउँ गाउँसम्म पु¥याउने निर्णयसमेत गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेको थियो । प्रबन्धक सीताराम धिमालले सञ्चालन गरेको कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजाबाबु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेको थियो ।






