प्रधानन्यायाधीशको नेतृत्वमा दलाली सञ्जाल रहेछ : ललित महर्जन, ललितपुर जिल्ला बार


काठमाडौं । प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग माग्नु न्यायिक इतिहासमै लज्जास्पद घटना हो । । यो सबैका लागि लाजमर्दो स्थिति आएको छ । यो बेथिति, विसंगति, भ्रष्ट सोचविरूद्व सहज निकास दिएर न्यायलय जोगाउनुपर्छ ।

प्रधानन्यायाधीश धेरै पहिलेदेखि विवादमा थिए । भागबन्डादेखि पूर्वडीआईजी रञ्जन कोइरालासम्मको मुद्दामा उनको अनुहार प्रस्ट देखिएको छ । ठूला मुद्दा छ भने ल्याउ, नेतृत्वसँग सम्पर्क र सेटिङ छ भन्ने आयो । कस्तो दलाली सञ्जाल रहेछ उहाँको नेतृत्वमा ।

प्रधानन्यायाधीश गन्हाइसक्नुभएको छ । स्व-बहिर्गमन गरेर न्यायलयको साख र उहाँको बचेखुचेको साख जोगाउनुपर्छ । होइन भने ठूलो क्षति हुनेछ । निकास आएन भने अझ सशक्त आन्दोलन गर्नुपर्छ । निरन्तर आन्दोलनमा रहनुपर्छ ।

(नेपाल बारले बुधबार आयोजना गरेको विरोध कार्यक्रममा दिएको मन्तव्य)

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो १ मतले विजयी भए…