भक्तपुरको १३ सय रोपनी खेतमा किन फलेन धान ?

काठमाडौं । करिब १३ सय रोपनीमा जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका हुन् ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।

भक्तपुरका किसालले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरी रहेका थिए । तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार केले पाल्ने चिन्तामा भक्तपुरका किसान छन् ।

बाग्मती प्रदेशका राष्ट्रिय कृषक समूह नेपाल महासंघका अध्यक्ष विजय तामाङले चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिका गरी करिब १२ देखि १३ सय रोपनी जमिनमा रोपेको डी वाई २८ जातको हाइब्रिड धानमा एउटा पनि दाना नलागेको जानकारी दिए ।

उनले भक्तपुरका किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको बताए । स्थानीय लोकल जातको धान रोप्दा चार पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको हाइब्रिड धान रोप्दा १० देखि १५ मुरी धान उत्पादन हुने गरेको अध्यक्ष तामाङ बताए ।

अध्यक्ष तामाङले भने, ‘पछिल्लो समय धेरै उत्पादन गर्ने लोभमा किसानले हाइब्रिड जातको धान रोप्न थालेपछि एक÷दुई किसानबाहेक कुनै पनि किसानसँग लोकल जातको बीउ नै छैन ।

चाँगुनारायण नगरपालिका र सूर्य विनायक नगरपालिकाका अधिकांश किसानले डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए, धानमा दाना नलागेपछि अब किसानसँग न त भात खान धान छ न त बीउ नै छ ।’ अध्यक्ष तामाङका अनुसार करिब १३ सय रोपनी खेतमा रोपेको धानमा दाना नलाग्दा करिब ३ करोडको ३८ क्षति भएको छ । प्रतिकिलो रोपनीमा १० मुरी धान उत्पादन हुन्छ ।

प्रतिमुरीमा करिब ६५ किलो धान हुन्छ । हाल बजारको धानको मूल्य करिब ४० रुपैयाँ छ । सो हिसाब गर्दा १३ सय रोपनी खेतमा दाना नआउँदा ३ करोड ३८ लाख रुपैयाँ क्षति भएको हो ।

नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले लोकल स्थानीय जातको बीउ बीजन लगाउन छोडेर किसान हाइब्रिड बीउमा आकर्षत हुँदा कृषि उत्पादनमा समेत समस्या आउने देखिएको बताए । किसानलाई हाइब्रिड बीउबिजनतर्फ आकर्षत गर्नुभन्दा स्थानीय लोकल बीउ बिजनको संरक्षण गरी उत्पादन बढाउनतर्फ सरकारको ध्यान जानु अति आवश्यक रहेको अधिकारीले बताए ।

कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बीउ बिजनको प्रयोग नगरी स्थानीय लोकल बीउको संरक्षण गर्नुपर्ने अधिकारीको भनाइ छ । अधिकारीले भने, ‘भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा दाना लागेको थिएन ।

सोही समस्या फेरि भक्तपुरका किसानले अहिले भोग्नुपरेको छ । हाइब्रिड जातको धान बीउ प्रयोग गर्दा यस्ता समस्या पटकपटक दोहोरी नै रहन्छन् । त्यसकारण किसानले पनि सचेत हुनुपर्छ । लोकल स्थानीय जातको बीउको संरक्षण गर्ने दायित्व कृषक पनि हो । खेतमा बाली लगाउँदा कुन बीउ प्रयोग गर्ने भन्ने कुरामा कृषकले सचेत हुनु अति आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी