आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो, १० इजलासमा ५९३ मुद्दा

काठमाडौं । न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन गरेका छन् । मंगलबार पनि आफूलाई इजलास नतोकेका जबराले ५९२ मुद्दाको पेसी चढाएका हुन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट मंगलबार सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो ।
सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश इजलास बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए भने नेपाल बार एसोसिएसन अहिले जबराको राजीनामा मागेर आन्दोलनमै छ ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग