चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन

काठमाडौं । चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगलबार बिहानैदेखि काठमाडांैलगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो ।

आकाशमा बाक्लो हुस्सु र तुँवालो भरिएर विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरू डिले (ढिलाइ) भएको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

चिसो बढेसँगै मौसम बिग्रिएका कारण मंगलबार बिहान बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरूलाई गराएको थियो ।

प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय गन्तव्यका लागि अझै उडान हुन नसकेको सम्बन्धित वायुसेवा कम्पनीहरूले बताएका छन् । ती वायुसेवा कम्पनीहरूले मौसम अनुकूल भए पनि नियमित उडान सुचारु हुने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्य विमानस्थलमा भने अहिलेसम्म उडान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित