फागुनबाट मनकामना केवुलकारले टप स्टेसनमा रिसोर्ट सञ्चालनमा ल्याउने, ३५ करोड रुपैयाँ लगानी

काठमाडौं । मुलुककै पहिलो केबलबार सेवा प्रदायक कम्पनी चितवनको–ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवुलकारले आगामी फागुनबाट मनकामना केवुलकारको टप स्टेसनमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । सो रिसोर्ट करिब ३५ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा ल्याउन लागिएको हो ।

मनकामना केबलबारले बुधबारबाट आफ्नो व्यवसायी सञ्चालनको २३ वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको अवसरमा सो रिसोर्ट सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो ।

यो अवसरमा कम्पनीले मनकामनामा आगामी फागुनदेखि नै रिसोर्ट सञ्चालनमा ल्याउने बताएको हो । जसका लागि सो कम्पनीले मनकामना केबलकारको टप स्टेसन नजिकै ९ रोपनी जग्गामा ४० कोठाको सुविधासम्पन्न स्तरीय रिसोर्ट सञ्चालनमा ल्याउने छ । रिसोर्टमा रेस्टुरेन्टसँगै एकसय सिट क्षमताको कन्फरेन्स हल रहनेछ । सञ्चालनको अवधिमा यस रिसोर्ट निर्माणमा कुल ३५ करोड १८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको सो कम्पनीले जानकारी दिएको छ ।

सो रिसोर्ट करिब डेढ वर्षमा कार्य सम्पन्न गर्न लागिएको हो । यसबाट मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीय रोजगारी सिर्जना हुने, सो क्षेत्रको प्रत्यक्ष–अप्रत्यक्ष सबैले प्रतिफल पाउने विश्वास लिइनुका साथै मनकामना क्षेत्रमा स्तरीय पर्यटकको आवागमन एवं बसाइ बढ्ने अपेक्षा गरिएको सो कम्पनीले जनाएको छ ।

२०५५ सालको ८ मंसिरबाट सञ्चालनमा आएको यस केबुलकारले सञ्चालनदेखि हालसम्म करिब १ करोड ६० लाख जना यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी