दक्षिण अफ्रिकाबाट उत्परिवर्तन भएको कोरोना भाइरसको नयाँ रूप ‘ओमिक्रोन’ बढी आक्रामक र संक्रामक देखिएपछि विश्व जनस्वास्थ्य फेरि पनि अर्को खतरामा पर्न गएको आभास हुन थालेको छ । ओमिक्रोन कोभिड–१९ को पछिल्लो निकै संक्रामक र घातक उपज मानिएको छ । यसलाई आजसम्मकै निकै जटिल उत्परिवर्तनका रूपमा लिइएको छ । उत्पत्तिका हिसाबले यो दक्षिण अफ्रिकामा भए पनि निकै तीव्र गतिमा संसारभर फैलिइरहेको छ । यो उत्परिवर्तनको क्षितिजीय फैलावटका कारण मानिस निकै तर्सिएका छन् । यो उत्परिवर्तन सुरुको चरणमा भएकाले पनि यसका लक्षण के के हुन सक्छन् भन्ने यकिन हुन सकेको छैन । नयाँ स्वरूप भएकाले यसका लक्षण र प्रभावका’bout जनसाधारणले बुझ्न र जान्न खोजे पनि यस’bout अहिल्यै कोही पनि धेरै जानकार छैन । यो अहिले अनुसन्धानको क्रममा छ । मात्र यसको फैलावट, संक्रामकता र आक्रामकता’bout खोज र अनुसन्धान बढी भएको छ । संक्रमितमाथि यसले पार्ने प्रभाव र सो संक्रमणका कारण देखिने लक्षण’bout भने अध्ययन र अनुसन्धान हुन बाँकी रहेको देखिएको छ । यसको असरलाई देखर गृह मन्त्रालयले पनि दक्षिण अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । तर, केही दिनदेखि दक्षिण अफ्रिकन मुलकबाट नेपाल आउने विदेशी वा स्वदेशी नागरिकको निगरानी भने गर्न सकिएको छैन । ती व्यक्तिहरूको खोजी गरी उनीहरूलाई क्वारेन्टिनमा राख्न ढिलाइ गर्नुहँुदैन । अन्यथा उनीहरूले ओमिक्रोनको संक्रमण फैलाउन सक्ने भय उतिकै बढेको छ । त्यस्ता नागरिक आफंै सचेत हुनुपर्छ ।
ओमिक्रोनको उत्परिवर्तनका आधार खुट्याउने क्रममा यो अल्फा र डेल्टा भाइरसनजिक देखिएको छ । तर, यसले अल्फा र डेल्टा भाइरसभन्दा घातक र खतरनाक संक्रामक विशेषता लिएर आएको छ । यो संक्रमकता यति धेरै छ कि हालसम्म प्रयोगमा ल्याइएका खोप पनि यस अगाडि निष्प्रभावी रहने गरेका छन् । हालसम्मको अध्ययनले यो उत्परिवर्तनका लागि नयाँ खोपको विकास गर्नुपर्ने देखाएको छ । यो भाइरस देखिएको केही छोटो समयमै विश्वका धेरै देशमा पसिसकेको छ । दक्षिण अफ्रिकामा यसले जोहानेस वर्ग, प्रिटोरियालगायतका सघन जनसंख्या भएका सहरी क्षेत्रमा बढी प्रभाव पारिरहेको छ । यसले जुन क्लस्टरको ‘जिन’माथि संक्रमण तीव्र बनाएको छ । त्यो क्लस्टरका बस्तीलाई छोटो समयमै संक्रमित र ग्रसित बनाउने गरिरहेको छ । यसको यो गतिलाई लिएर विश्वमा निकै त्रासदीपूर्ण चासो बढिरहेको छ । यो उत्परिवर्तनले कति धेरै वा कम प्रभाव पार्ने हो भन्ने कुरा सम्बन्धित क्षेत्रका मानिसमा रहेको रोग प्रतिरोधात्मक क्षमता, खोपको प्रभावकारिता र यो रोग नसरोस् भनेर अपनाउने रोकथामका उपायमा भर पर्ने जनस्वास्थ्यविद् तथा वैज्ञानिकको धारणा रहेको छ ।
यसको सम्भावित आगमन र फैलावटलाई रोक्न अमेरिकाको न्युयोर्क सहरमा स्वास्थ्य संकटकाल घोषणा गरेको छ । भारत, इजरायल, हङकङ, अस्ट्रेलिया, बेलायतलगायतका विश्वभरका देशमा पुगिसकेको ओमिक्रोन रोक्न अबका दिनमा थप नयाँ औषधि र मुख्यगरी खोपको विकास हुन नसक्दासम्म रोकथामका उपाय मात्र अवलम्बन गरिनुपर्ने कुराको विकल्प छैन । यसका लागि पहिले हामीले अपनाउँदै आएका अन्य उत्परिवर्तन रोकथामका लागि अपनाउँदै आएका सावधानी अपनाउन नै विश्व स्वास्थ्य संगठनले अनुरोध गरिरहेको छ । यसमा मास्कको उचित प्रयोग गर्ने, अनावश्यक भिडभाड नगर्ने, सेनिटाइजरको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीको प्रयोगमा निरन्तरता दिने र शंका लागेकालाई क्वारेन्टाइनमा राख्ने कुरामा नै ध्यान दिनुपर्ने सुझाव दिइएको छ । यो संक्रमण पनि खतराको घण्टी लिएर आएकाले नेपालमा पनि सबै जनाले विशेष सर्तकता अपनाउन अत्यावश्यक छ ।






