एमाले अध्यक्षमा ओली भारी मतले विजयी

सौराहा (चितवन) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली भारी मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । सहमतिको प्रयास असफल भएपछि भएको निर्वाचनमा ओली अत्यधिक मत ल्याएर विजयी भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अध्यक्षमा ओलीले १८ सय ३७ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी डा. भीम रावलले २ सय २३ मत ल्याएका छन् । दुई जनाको मतान्तर १ हजार ६ सय १४ रहेको छ । आयोगका अनुसार ३३ भोट भने खाली पाइएको थियो । २ हजार १ सय ५३ जना प्रतिनिधि रहेकामा २ हजार ९६ मत खसेको थियो ।

विद्युतीय मेसिनबाट मतदान गरिएकाले मत परिणाम छिटै सार्वजनिक भएको हो । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधिको मत रेकर्ड भएको थियो । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायत सबै पदाधिकारीमा अध्यक्ष ओलीले प्रस्तावित गरेका व्यक्ति नै विजयी भएका छन् । ६ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सात जना प्रतिस्पर्धी थिए ।

अष्टलक्ष्मी शाक्य १९ सय ७६ मत, सुरेन्द्र पाण्डे १९ सय २५ मत, सुवासचन्द्र नेम्वाङ १८ सय ६५ मत, विष्णु पौडेल १८ सय ५६ मत, युवराज ज्ञवाली १८ सय ४२ मत र रामबहादुर थापा ‘बादल’ १७ सय ६८ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् ।

उपाध्यक्षका प्रतिस्पर्धी घनश्याम भुसालले ७ सय २५ मत प्राप्त गरी पराजित भए । सात सचिव पदका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले १९ सय ७४, योगेश भट्टराईले १९ सय ६०, पद्मा अर्यालले १८ सय, छविलाल विश्वकर्माले १८ सय ३, लेखराज भट्टले १७ सय ४, टोपबहादुर रायमाझीले १८ सय ४ रघुवीर महासेठले १५ सय मत ल्याएर सचिवमा विजयी भएका छन् । सचिवका उम्मेदवार भीम आचार्यले ७ सय ८८ र टंक कार्कीले ५ सय ५९ मत ल्याएर पराजित भएका छन् । १९ सदस्यीय पदाधिकारीमा पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । को को भए सदस्य ? प्रदेश १ बाट खुलामा किशोरकुमार अधिकारी १ हजार ७ सय ७३, टंक आङ्वुहाङ (लिम्बु)ले १ हजार ८ सय १६, तिलकुमार मेन्याङ्वो लिम्बुले १ हजार ८ सय ५, परशुराम अधिकारी १ हजार ७ सय ८३ वसन्तकुमार नेम्वाङ १ हजार ९ सय १० र राजेन्द्र कुमार राई १ हजार ८ सय ३६ मतका साथ विजयी भएका छन् ।

भाष्कर काफ्ले ७ सय २६ मत प्राप्त गरेका छन् । प्रदेश १ मा महिलातर्फ उषाकला राई १ हजार ८ सय ७५, मञ्जु भण्डारी १ हजार ७ सय ९० र मेनुका काफ्ले १ हजार ६ सय ३४ मतका साथ विजयी भएका छन् । निरा खनालले ६ सय १४ मत प्राप्त गरेकी छन् । सुदूरपश्चिम प्रदेश महिलामा कमलाकुमारी ओली १ हजार ७ सय ८६, कुमारी कमला बोहोरा १ हजार ७ सय ३० र सन्तोष शर्मा थापाले १ हजार २ सय ६९ मत प्राप्त गरी विजयी भएका छन् । पशुपति कुँवरले ५ सय २८ र मन्जु मलासीले ६ सय ५७ मत प्राप्त गरेका छन् ।

दलित खुला सदस्यमा १ हजार ८ सय ५६ मतका साथ ईश्वरी रिजाल, १ हजार ८ सय ५८ मतका साथ गोविन्दबहादुर नेपाली, जंगबहादुर नेपाली १ हजार ७ सय ५५, जीतु गौतम १ हजार ८ सय ८५ मत, पुरनसिंह दयाल १ हजार ८ सय ४६ मत, बोमबहादुर विश्वकर्मा १ हजार ८ सय ४३, रामदयाल मण्डल १ हजार ८ सय २८ र रामप्रित रामले १ हजार ७ सय ४० मतका साथ विजयी भएका छन् । नरबहादुर विकले ७ सय ६६ मत प्राप्त गरेका छन् ।

थारु खुला सदस्यमा गौरीशंकर थारु चौधरीले १ हजार ८ सय ६२ कृपाराम रानाथ १ हजार ८ सय २८, बलवीरप्रसाद चौधरी १ हजार ८ सय २९, बैजनाथ चौधरी १ हजार ७ सय ६३, जयप्रकाश थारू १ हजार ७ सय ५३ मतका साथ विजयी भएका छन् । नरुलाल चौधरीले ७ सय १९ मत प्राप्त गरेका छन् । सदस्य पिछडिएको क्षेत्रबाट भैरव सुन्दर श्रेष्ठ, १ हजार ७ सय ७६, मोहन बानिया १ हजार ८ सय १८, लालबहादुर थापा १ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन् ।

भरत साउदले ६ सय २८ मत ल्याएका छन् । यस्तै, खुला सदस्यमा अग्निप्रसाद खरेल १७ सय ८४, अच्युत प्रसाद मैनाली १७ सय ६३, अरुण नेपाल १७ सय ८४, कमल प्रसाद चौलागाई १७ सय ४०, कपिलदेव पोखरेल १५ सय ६६, कर्णबहादुर थापा १७ सय ५, काशीनाथ अधिकारीले १८ सय ६, किरण गुरुङ १८ सय ११, किरण पौडेल १६ सय ४४, किशोर विक्रम मल्ल १७ सय ८७, कुमार दसौदी १६ सय ५०, कृष्ण गोपाल श्रेष्ठ १७ सय ४५, कृष्णप्रसाद दाहाल १७ सय ११, कृष्णप्रसाद पौडेल, १६ सय ७७, कृष्णबहादुर थापा १७ सय २६, खगराज अधिकारी १७ सय ९७, खड्कबहादुर खड्का १५ सय ८८, खिमलाल भट्टराई १७ सय ६९, गणेशकुमार पहाडीले १७ सय ८१ मत ल्याई विजयी भएका छन् । यसैगरी गणेश सिंह ठगुन्ना १७ सय ३५, गिर्धारीलाल न्यौपाने १६ सय २९, गुरुप्रसाद बराल १७ सय ३०, गोकुलप्रसाद बास्कोटा १७ सय १२, गोरखबहादुर बोगटी १७ सय ५०, गोविन्द थापा १६ सय ८, घनश्याम पाण्डे १७ सय २७, घनश्याम भुषाल १२ सय ६५, चन्द्रबहादुर खड्का १६ सय ६२, चेतनारायण आचार्य १६ सय ५०, जगन्नाथ थपलिया १७ सय १६, जीवन घिमिरे १७ सय २२, झपटबहादुर रावल १७ सय २५ र टंकप्रसाद कार्की ९ सय ५ मत ल्याई विजयी भएका छन् । ठाकुरप्रसाद गैरे १८ सय ३२, डा. राजन भट्टराई १७ सय ५९, दधिराम न्यौपाने, १६ सय ४१, दयालबहादुर शाही १७ सय १५, दल रावल १६ सय ७२, दिवाकर देवकोटा १६ सय २७, देवराज घिमिरे १७ सय ५२, देवीप्रसाद ज्ञवाली १८ सय ७७, देवेन्द्र दाहाल १७ सय ३, नरबहादुर धामी १७ सय १८, नवराज रावत १७ सय ४, नारायणबहादुर सिलवाल १६ सय ४४, निर्मल भट्टराई १४ सय ८०, पठानसिंह बोहोरा १६ सय ४४ र पर्शुराम मेघी गुरुङले १७ सय ८३ मत ल्याई विजयी भएका छन् ।

पार्वत गुरुङले १७ सय ९७, पुरुषोत्तम पौडेलले १८ सय ६, प्रकाशबहादुर शासले १७ सय १४, बलराम अधिकारीले १६ सय ९०, बालकृष्ण ढुंगेल १६ सय ६६, भानुभक्त ढकाल १७ सय ९९, भीमप्रसाद आचार्य १३ सय ९३, भीमबहादुर कार्की १५ सय ९२, भीमबहादुर रावल ९ सय ४, मणिचन्द्र थापा १६ सय ९१, मनोजगंग थापा १५ सय ४२, महेश बस्नेत १७ सय २४, माधवप्रसाद अर्याल १६ सय ६९, यज्ञराज सुनुवार १७ सय ५२, यमलाल कँडेल १७ सय २० र रघुजी पन्तले १७ सय २५ मत प्राप्त गरी विजयी भएका छन् ।

रविन कोइराला १६ सय ४, रवीन्द्र अधिकारी १६ सय ९६, राजबहादुर बुढा क्षत्री १६ सय, राजीव पहरी १६ सय ३६, राजेन्द्रप्रसाद गौतम १६ सय ३९, राम राना १५ सय ४६, रामशरण बस्नेत १५ सय ९३, रामेश्वर फुँयाल १६ सय ९६, रोमनाथ ओली १५ सय २७, लक्ष्मणराज ज्ञवाली १५ सय ४९, लक्ष्मी पोखरेल १४ सय ६३, विनोदप्रसाद ढकाल १५ सय ६१, शिवराज सुवेदी १४ सय ११, शेरबहादुर तामाङ १७ सय १०, शेरधनराई १६ सय ५६, श्रीप्रसाद जवेगु १३ सय ४४, सन्जीवकुमार झा १२ सय ६८, सूर्य ढकाल १४ सय २३, सूर्य थापा १४ सय ८५, सोम मिश्रत १४ सय ९४ र हिक्मतकुमार कार्की १५ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् ।

यी हुन् निर्विरोध निर्वाचित
यता प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबाट २७ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबाट २७ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको खुलाबाट खेममान खडका, दिनेश पन्थी, नविन रोकामगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशको महिलातर्फबाट मेनका पोखरेल, सरिता खनाल भुसाल र सावित्रा अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गण्डकी प्रदेशको खुलातर्फबाट इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षत्री, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै, गण्डकी प्रदेशको महिला तर्फबाट नरदेवी पुनमगर, मीनाकुमारी गुरुङ र सीमाकुमारी क्षत्री केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसैगरी, प्रदेश २ को खुलातर्फबाट ६ र महिलातर्फको ३ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् । खुलातर्फबाट अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै, महिलातर्फबाट कल्पना कुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमार झा निर्वाचित भएका छन् । यसैगरी, प्रदेश १ को महिलातर्फबाट उषा कला राई, निरा खनाल, मेनुका काफ्ले निर्विरोध निर्वाचित भएका छन् । यस्तै बाग्मती प्रदेशको महिलातर्फबाट पार्वती रावल, पेम्बा लामा रचना खडका पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशको महिलातर्फबाट तीर्था गौतम, मीना सिंह रखाल, मोहनमाया ढकाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उपत्यका विशेषतर्फको खुलाबाट माधव ढुङेल, महिलातर्फबाट बिनाकुमारी श्रेष्ठ र सम्पर्क समन्वयतर्फको खुलाबाट नरेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । मधेसी महिला तर्फबाट कमला देवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमार साह, रीतादेवी साह, शिला यादव, सरिताकुमारी गिरी (यादव) निर्विरोध निर्वाचित भएका छन् ।

दलित महिलातर्फ विष्णुमाया विक, रामरती देवी राम, शिवकुमारी गोतामे, सविता रसाइली केन्द्रीय सदस्यमा निर्वाचित भएको आयोगका अध्यक्ष डा. सुब्बाले जानकारी दिए । मुस्लिम महिलातर्फको एक केन्द्रीय सदस्यमा साजिदा खातुन सिद्धिकी निर्वाचित भएका छन् । श्रमिक खुलाको तर्फबाट कमल गौतम, बाबुराम थापा, रमेश बडाल, विनोद श्रेष्ठ तथा श्रमिक महिलाको तर्फबाट मञ्जुकुमारी थापामगर र सीता लामा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, पिछडिएको क्षेत्रको महिलातर्फबाट बदमी क्वारा बुढा बुढा (बोहोरा) केन्द्रीय सदस्यमा निवाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 559 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार