Monday, March 1, 2021
Home Breaking News राजधानीमा शान्त फागु पूर्णिमा (होली)

राजधानीमा शान्त फागु पूर्णिमा (होली)

काठमाडाैं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा अपेक्षाकृत शान्तरूरुपमा मनाइरहेका छन् ।

विगत वर्षमा फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने र पानीका लोला हान्ने गरिन्थ्यो । यस वर्ष त्यस्तो काम रोकिएको छ । केही वर्षदेखि नै फागु पूर्णिमामा तडकभडक रोकिँदै आएको थियो । यस वर्ष नेपाल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेकाले प्रशासनले शान्तरूपमा पर्व मनाउन आह्वान गरेको थियो । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

फागु खेल्ने प्रायः बालबालिका छन् । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । चाबहिल चोकमा फागु पर्व मनाइरहेका युवा सन्तोष भण्डारी चिनजानका साथीभाइबीच मात्र पर्व मनाउने तर सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।

चिसो नघटेका कारण पानी छ्याप्दा कोरोनाका जीवाणुले असर गर्नसक्ने भएकाले पनि आम मानिस यस वर्ष सचेत भएका देखिन्छन् । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देशका रूपमा फागु मनाउने गरिएको हो ।

फागु खेल्ने प्रायः बालबालिका छन् । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ता अघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहजरूपमा हिँडडुल गर्न सकेको थापाथलीस्थित प्रसूति गृहमा बिरामी भेटेर फर्किएकी सुनिता ढुङ्गानाले बताइन् ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको रूपमा काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन फागुन २० गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो ।

यो पनि पढ्नुहोस   राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाइ मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागिरी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ ।

फागुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ७ः११ बजे चीर ढाल्ने साइत समितिले दिएको छ । आजै राति ८ः५१ बजे चीर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि फागु पर्व मनाइँदै छ । रासस

(Visited 171 times, 1 visits today)
Loading comments...

आजको समाचार

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

साताका लोकप्रिय समाचार

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि...

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

ट्रेन्डिङ

जसपामा जिम्मेवारी बाँडफाँट र मर्यादाक्रममा चर्काे विवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउने विषयमा विवाद भएको छ । साउन अन्तिम साता सम्पन्न...

भिसा सेवा आजदेखि सुरु, ११ असोजसम्म विलम्ब शुल्क नलाग्ने

काठमाडौं । अध्यागमन विभागले स्थगित भिसा सेवा आज आइतबारदेखि सुरु गर्ने भएको छ । विभागले भिसा सेवा आइतबारदेखि सुरु हुने जानकारी दिएको हो । सरकारले...

टोकियो ओलम्पिक खेल तालिका सार्वजनिक

टोकियो । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक जापान ओलम्पिकले हिजो शुक्रबार खेल तालिका सार्वजनिक...

काठमाडौंमा बर्डफ्लु, टर्की र हाँसमा भेटियो

काठमाडौँ । काठमाडौंमा टर्की र हाँसमा बर्डफ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड...

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भन्छन्, ‘संक्रमितको उपचार गर्दै जाँदा आँट बढ्यो’

काठमाडौँ । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार...

लकडाउनमा ठूला आयोजनाका काम यसरी हुँदैछ

काठमाडौं । सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत...

स्वचालित पेसी व्यवस्थापन अध्ययन गर्न समिति गठन

काठमाडौं । सर्वोच्च अदालतले स्वचालित प्रविधिबाट पेसी व्यवस्थापन गर्नेबारे अध्ययन गर्न वरिष्ठ न्यायाधीशको नेतृत्वमा एक समिति बनाएको छ ।
यो पनि पढ्नुहोस   सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन
न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वको समितिमा न्यायाधीशहरू...

कोरोनाविरुद्धको जितले ल्याएको उत्साह

मुलुकमा कोरोना भाइरस संक्रमण हुनेक्रममा केही वृद्धि भए पनि संक्रमण भएकाहरू धमाधम सन्चो भएर घर फर्कनेक्रम जारी छ । संक्रमित हुनेहरूले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...

४३ दिनमा सकियो चुरीफुरी

काठमाडौं । ऋषिराज आचार्यको निर्माण निर्देशन रहेको हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ । पुस अन्तिमबाट छायांकन थालिएको यो चलचित्रको ४३ दिनमा...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)