रंग चढ्न थाल्यो जनकपुरधाममा (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाममा होली भोलि मंगलवार मनाइन्छ । तर यसको रंग वसन्त पञ्चमीदेखि नै सुरु हुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा होली आउन एक दिन बाँकी रहेका बेला होलीको रंग चढ्न थालेको छ ।

होली खेलें रघुबीरा जनकपुर होली खेलें रघुबीरा
केकर हाथ कनक पिचकारी केकर हाथ अबीरा
जनकपुर होली खेलें रघुबीरा
राम के हाथ कनक पिचकारी सीता के हाथ अबीरा
जनकपुर होली खेलें रघुबीरा
केकर भीगे है लहंगा–चुनरी केकर भीगे शरीरा
जनकपुर होली खेलें रघुबीरा
सीताजी के भीगे लहंगा–चुनरी राम के भीगे शरीरा
जनकपुर होली खेलें रघुबीरा…..

जनकपुरमा होली महोत्सव सुरु भयो भन्ने कुरा यो गीतले संकेत गरेको छ । अहिले विभिन्न ठाउमा विभिन्न संघ संस्थाले होलीको कार्यक्रम गर्न थालेको छ । होलीलाई सामाजिक मिलनको कार्यक्रम गर्न थालेको छ । मिथिलामा हुने प्रायः पर्व त्यौहार वैदिक र लौकिक परम्परा अनुसार हुने गरेको छ ।

विधि विधान अनुसार पूजापाठ गरेर शुभ साइतमा वैदिक परम्परा अनुसार कतिपय संस्कृति छन् भने गीत नाद गाएर, लोक व्यवहार, लोक परम्परा अनुसार मानिने लौकिक संस्कृति पनि छन् । त्यसैले होली पर्व दुवै तरिकाले मिथिलामा मनाउने गरिएको जानकारहरु बताउँछन ।

वसन्त ऋतु त्यसै पनि मदमस्त ऋतु भएकाले फागुन महिनामा मनाइने होलीलाई हर्षोल्लासका साथ मनाउने गरिन्छ । मिथिलामा सीतालाई आफ्नो छोरी र भगवान रामलाई ज्वाइँ वा भिनाजुका रुपमा पुजिन्छ । त्यसकाल खण्डदेखि नै होलीको आफनो विशिष्ठ महत्व हुने गरिएको हो ।

सन्तहरु यसो त पुरै वैराग्य जीवनमा रम्ने गरिएको भए पनि होलीमा भने उनीहरु उत्सवकमा रम्ने गरेका छन् । भगवान राम सीताको होलीको गीत गाएर साधु सन्तहरु होलीको रंगमा रम्ने गरिएको हो । होली जनकपुरको एउटा पहिचान बनेको हो । खास गरेर जानकी मन्दिरमा आयोजना गरिएको होली महोत्सवले आफनो मौलिक पहिचानको रुपमा स्थापित गरिएको पाइन्छ । होली मदनोत्सवक भए पनि जनकपुरवासीको लागि भने एउटा आफनो मौलिक उत्सव हो ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो