यू–१९ टोलीको बिदाइ

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी समेत गोलरक्षक रहेकी अन्जना रानामगरको कप्तानीमा नेपाली महिला यू–१९ फुटबल टोलीले साफ यू–१९ च्याम्पियनसिप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई बिदाइ गरेको छ ।

नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलगायत पदाधिकारीको उपस्थिति थियो । बंगलादेशको ढाकामा डिसेम्बर ११–२२ सम्म हुने प्रतियोगिताका लागि आइतबार २३ सदस्यीय टोली घोषणा भएको थियो । प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा पछिल्लो तीन सातायता टोली एन्फा कम्प्लेस सातदोबाटोमा प्रशिक्षणरत थियो ।

उपमेयर कपको प्रदर्शनको आधारमा एन्फाले टोली दुई चरणमा छनोट गरेको हो । यसअघि ४० खेलाडी पहिलो चरणमा थिए । आइतबार घोषित टोलीमा गोलरक्षक अन्जना रानामगरसँगै डिफेन्डर विमला विक, मिडफिल्डर प्रीति राई र फरवार्ड रश्मिकुमारी घिसिङ, सविता रानामगर र रजनी थोकरले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

यस्तै यू–१६ उमेर समूह र यसअघि यू–१९ उमेर समूहमा खेलिसकेका खेलाडी टोलीमा रहेका छन् । प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, श्रीलंका र भुटानले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

२३ सदस्यीय टोली
अन्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रीति राई, अमिषा कार्की, मेनुका कुमारी आलेमगर

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना