शक्षा जीवनको आधार हो । विकासको पूर्वाधार हो । मानिसका विचारहरूलाई सम्पादन, संशोधन, परिमार्जन एवं परिवर्तन गर्ने साधन हो । जीवन र जगत्लाई बुभ्mने स्रोत हो । विज्ञानको जननी हो । चेतनाको संवाहक हो । गरिबी पन्छाउने औजार हो । सीप आर्जनको माध्यम हो । शिक्षाबिना व्यक्ति, समाज एवं देशको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनितिक तथा वैज्ञानिकलगायत कुनै पनि क्षेत्रको विकास हुन सक्दैन ।
यसरी हेर्दा शिक्षाको क्षेत्र व्यापक छ । त्यसैले शिक्षा’bout भिन्न विचार र दृष्टिकोण विकास भएको पाइन्छ । शिक्षाको कार्य व्यापक भएकाले यसलाई बुभ्mने दृष्टिकोण पनि फरक छन् । दर्शन अनेक छन् । आदर्शवादीहरूले शिक्षामा सत्यम् शिवम्, सुन्दरम्को पक्ष बलियो हुनुपर्छ, भन्छन् । उनीहरूले शिक्षामा मानवीय मूल्य र मान्यतालाई जोड दिएको पाइन्छ । आदर्शवादका प्रवर्तकहरूका अनुसार शिक्षाले व्यक्ति एवं समाजलाई उच्च आदर्श, नैतिकवान्, आत्मिक तथा बौद्धिक बनाउनुपर्छ भन्नेमा जोड दिएको पाइन्छ । आदर्शवादी प्लेटोको विचारमा मानिसले जन्मँदा नै विशेष क्षमता लिएर आएको हुन्छ, शिक्षाले केवल उसमा रहेको आन्तरिक क्षमतालाई प्रस्फुटित गराउने काम गर्नुपर्छ भन्ने धारणा राखेको पाइन्छ ।
यसैगरी, प्रकृतिवादीहरूले बालबालिकाहरूमा रहेको शक्ति र प्रतिभालाई उजागर गर्ने काम शिक्षाको हो भन्छन् । प्रकृतिवादी दार्शनिक रुसोका अनुसार संसारका कृतिमता अथवा रुढीवादी मानिसका लागि खतरा हुन्छन् । प्रकृति नै शाश्वत भएकाले बालबालिकाहरूलाई प्राकृतिक प्राणी हुन दिने वाधाहरू हटाउनुपर्छ, भनेका छन् । उनले किताब जलाउ, पर्खाल भत्काउ, बालबालिकाहरूलाई प्रकृतिमा लगेर प्mयाक, प्रकृतिबाट नै उसले सत्य कुरा सिक्छ भन्छन् । व्यावहारिक रूपमा उनको दर्शन कति उपयोगी हुन सक्ला ? यो विचारणीय पक्ष हो । तथापि, बालबालिकाहरूलाई जबरजस्ती शिक्षा लाध्नु हुँदैन भन्ने दृष्टिकोणबाट बुभ्mन सकियो भने प्रकृतिवादीहरूको नजिक पुग्नेमा शंका छैन ।
शिक्षाको सुधारमा विज्ञहरूको दृष्टिकोणलाई उपेक्षा गर्ने संस्कृतिको अन्त्य गरिनुपर्छ
शिक्षाको एउटा बलियो दार्शनिक दृष्टिकोण हो यथार्थवाद । यथार्थवादीहरूले बालबालिकाहरू अपूर्ण हुने भएकाले उनीहरूमा मानवीय गुण प्रदान गर्नुपर्ने धारणा राख्छन् । मानिसले इन्द्रीयहरूबाट ज्ञान प्राप्त गर्छ । कुनै पनि वस्तुको अस्तित्वलाई यथार्थताको आधारमा मात्र स्वीकार गर्नुपर्छ भन्ने उनीहरूको मत रहेको पाइन्छ । यथार्थवादी दार्शनिक कोमोनिसले शिक्षालय मानिसलाई गाल्ने भाँडो हो । तसर्थ शिक्षाले मानिसलाई एक निश्चित जीवनको आकार दिनुपर्छ भनेका छन् । शिक्षालाई बुभ्mने र परिभाषित गर्ने क्रममा प्रयोजनवादीहरूले धारणा भने फरक छ । उनीहरूले मानिसको विचारभन्दा कार्य महत्वपूर्ण हुने कुरामा जोड दिँदै शिक्षाले बालबालिकाहरूको वर्तमान जीवनको समस्या समाधान गर्न सक्नुपर्छ भन्दछन् । उनीहरूले संसार परिवर्तनशील भएकाले मानिसले सिक्ने ज्ञान पनि परिवर्तनशील नै हुनुपर्छ भन्नेमा विश्वास गर्छन् ।
शिक्षा व्यावहारिक भए मात्र उपयोगी हुन सक्छ भन्ने उनीहरूको मत छ । हाम्रो देशको सन्दर्भमा पनि शिक्षा’bout विभिन्न प्रकारका मतहरू राखेको पाइन्छ । विज्ञ, विशेषज्ञ, चिन्तक, लेखक वा व्याख्याताबीच पनि शिक्षाका सम्बन्धमा मतक्यता पाइँदैन । शिक्षामा व्यापक राजनीतिकरण भयो । राज्यको भिजन पुगेन भन्ने प्रसंगमा शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, जसले जे काम गर्न सक्छ त्यही गर्नुपर्छ । प्राज्ञिक थलोलाई राजनितिक मञ्च बनाइएकाले शिक्षाको साख घटेको छ । लक्ष्मीप्रसाद भन्छन् । शिक्षा र रोजगारीको अन्तरसम्बन्ध भएन भने शिक्षाको उपयोगिता रहँदैन । शिक्षाले व्यावसायिक दक्षता दिनुपर्छ । तीर्थराजको भनाइमा शिक्षा स्थानीय, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय क्षेत्रको ज्ञान र सीपसँग जोडिनुपर्छ भन्ने छ । भरतले नैतिक एवं सांस्कारिक शिक्षाबिना सभ्य, इमानदार एवं कर्तव्यनिष्ठ समाज निर्माण हुन सक्दैन भन्छन् ।
केदारले राजनीति र शिक्षा फरक क्षेत्र हुन् । शिक्षालाई राजनीतिक चश्माले हेर्नुहँुदैन । राजनीतिज्ञहरूले घेर्नुहुँदैन भन्ने राय सुझाउँछन् । वासुदेवको भनाइ छ, सिर्जनशीलता र मौलिकता नभएको शिक्षा धार नभएको खुर्पासरह हुन्छ । यसरी हेर्दा शिक्षा सर्वत्र आलोचनाको क्षेत्र बनेको छ । छोराछोरीको शिक्षामा ठुलो रकम खर्चेका काकाको गुनासो छ, छोरा छोरीले पढे न त कृषि कार्य गर्न सक्छन् । न त पशुपालन नै । देशको शिक्षाले कुनै पनि क्षेत्रमा सक्षम नागरिक उत्पादन गर्न सकेको छैन । निधार खुम्च्याउँदै उनी थप्छन्, छोराछोरीहरू रोजगारीका लागि विदेश पसे । अहिले गाउँघरमा युवा पुस्ता छैन । काकाले अभिभावकहरूका प्रतिनिधि शब्द बोलेकोमा शंका छैन ।
उल्लेखित विचार, धारणा र अनुभवहरूसँग घोत्लिएर हेर्दा राज्यले अवलम्बन गरेको शिक्षा व्यक्ति, समाज र सिंगो मुलुकका लागि उपयोगी हुन नसकेको प्रमाणित हुन्छ । अब राज्यले शिक्षालाई समयसापेक्ष बनाउनका लागि एकल प्रयासले सम्भव नहुने देखिन्छ । त्यसैले शिक्षासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्ति, व्यक्तित्व, विज्ञ, विशेषज्ञ एवं सरोकारवालासँग गोलमेच डिस्कोर्सगरी उनीहरूका विचार विमर्शबाट आएका उचित निचोडहरूलाई शिक्षाको विकासमा लगानी गर्नुपर्छ । शिक्षा देशको सामाजिक, आर्थिक, भौगोलिक, प्राकृतिक, वैज्ञानिक, राजनीतिकलगायतका क्षेत्रसँग अन्तरसम्बन्धित हुन्छ । हाम्रो देशमा शिक्षा समय सापेक्ष नभएकोमा एकातिर राज्यले आफैं स्वीकार गरिसकेको छ भने अर्कोतिर सरोकारवाला, विज्ञ, विशेषज्ञ, विद्यार्थी, अभिभावकलगायत हरेक क्षेत्रबाट आवाज आइरहेका छन् । शिक्षाको विकासका लागि राय सल्लाह संकलन गर्न आयोग बनाउने गरिन्छ । ठूलो रकम खर्चेर प्रतिवेदनहरू बन्छन् । तथापि शिक्षामा सुधार हुन सकेको छैन ।
दार्शनिक प्लेटोको विचारमा मानिसले जन्मँदा लिएर आएको विशेष अन्तर्निहित क्षमतालाई शिक्षाले प्रस्फुटित गराउने काम गर्छ
राज्यको लगानी बालुवामा पानी हालेसरह भएको छ । यसका पछाडि राज्यसँग ठोस दृष्टिकोणको अभाव नै मुख्य कारण भएको जानकार बताउँछन् । शिक्षाको समय सापेक्ष सुधार गर्ने हो भने यसका विभिन्न आयाममा दृष्टि पु¥याउनुपर्ने हुन्छ । शिक्षामा नीति निर्माण, उद्देश्यहरूको तर्जुमा, पाठ्यक्रमको रूपरेखा, तहगत पाठ्यसामग्री चयन, पाठ्यपुस्तक लेखन, शिक्षक प्राध्यापकहरूको व्यवस्थापन, शिक्षण सिकाइमा सुधार, मूल्यांकन प्रणालीमा परिवर्तनलगायतका क्षेत्रमा आमूल रूपान्तरण आवश्यक ठानिन्छ । यसर्थ राज्यले शिक्षासँग सम्बन्धित व्यक्ति व्यक्तित्व, विज्ञ, विशेषज्ञ, चिन्तक, बुद्धिजीवीलगायतका सरोकारवालाहरूका सुझाव संकलन गर्न गोलमेच डिस्कोर्स गराउनुपर्छ ।
देशका थिंकट्यांकहरूको विज्ञतालाई उपयोग गर्नुपर्छ । शिक्षा जस्तो प्राज्ञिक थलोलाई राजनितिक चश्माले मात्र हेर्नुहुँदैन । शिक्षाका दार्शनिक, व्यावहारिक, वैज्ञानिक एवं व्यावसायिक दृष्टिकोणलाई आधार बनाएर सुधारका उपाय खोजिनुपर्छ । अहिलेको शिक्षाको लक्ष्य डिग्री हस्तान्तरण गर्नु मात्र रहेको जस्तो भएको छ । एकातिर शिक्षाले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन सकेको छैन भने अर्कोतिर शिक्षाले नागरिकहरूलाई आपूmले अध्ययन गरेको विषयमा आधारित ज्ञान र सीपमा आत्मविश्वास दिलाउन सकेको छैन । शिक्षालाई व्यावहारिक, गुणात्मक एवं व्यावहारिक पक्षभन्दा पनि संख्यात्मक पक्षमा जोड दिएको पाइन्छ ।
शिक्षाको सुधारमा विज्ञहरूको दृष्टिकोणलाई उपेक्षा गर्ने संस्कृतिको अन्त्य भएको छैन । यसरी नै परम्परावादी चिन्तन र दर्शनबाट अगाडि बढ्ने हो भने शिक्षामा आमूल परिवर्तन सम्भव देखिँदैन । अन्त्यमा, हाम्रो देशको भूगर्वमा सुन, चाँदी, हिरा, मोति, कोइला, युरेनियम, पेट्रोलियम पदार्थलगायतका खानी एवं खजना प्रशस्त छन् । जल, जमिन, जंगल र जैविक विविधता व्याप्त छ । उल्लेखित क्षेत्रको पहिचान, खोज, अनुसन्धान, उत्खनन एवं प्रयोग गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्ने मोडलेमा शिक्षाको सुधार गरिनुपर्छ । यसो गर्दा राज्यको एकल प्रयास अप्रर्याप्त हुन्छ । तसर्थ, राज्यले उल्लेखित क्षेत्रसँग सम्बन्धित व्यक्ति, व्यक्तित्व एवं सरोकारवालासँग गोलमेच डिस्कोर्सगरी मन्थनबाट निस्किएका सैद्धान्तिक, व्यावहारिक, प्रायोगिक, वैज्ञानिक एवं सान्दर्भिक विचारलाई शिक्षाको समग्र क्षेत्रको सुधारका लागि उपयोग गर्नुपर्छ । राज्यले यसै गरोस् ।