डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज

सर्वोच्च अदालतले डा गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्ने आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले आज सो मुद्दा खारेज गर्ने आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो । सोही इजलासले आज कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि खारेज गर्ने आदेश जारी गरेको छ ।

अधिवक्ता तोयानाथ ढुङ्गानाले तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादास्पद जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयवस्तुमा अदालतको अवहेलना हुने गरी समाचार लेखेको उल्लेख गर्दै कान्तिपुरविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको थियो । यो दुवै मुद्दाको आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस