मुम्बई । बलिउड अभिनेता सलमान खानले लामो तयारी पछि अब भने फिल्म ‘बजरँगी भाईजान–२’ मा काम गर्ने भएका छन् । यो फिल्ममा यस अघि काम गर्ने चाहना यि अभिनेताले देखाएका थिएनन । यस फिल्मको स्कृप्ट राम्रो नभएका कारण उनले चासो देखाएका थिएनन् ।
अब भने यो फिल्म उनले खेल्ने भएका छन् । अभिनेता सलमान यतीबेला आफ्नो फिल्म ‘टाईगर ३’को अन्तिम छायाँकनमा छन् । यो फिल्मको छायाँकन केही दिन भित्रै सकेर उनी दवँग यात्रामा केही दिन निक्लने छन् । त्यसपछि सलमान नयाँ फिल्म ‘बजरँगी भाईजान–२’मा जोडिने भएका छन् ।
सन २०१५ मा रिलिज भएको फिल्म बजरँगी भाईजान सलमानकै फिल्मी करिअरको सबैभन्दा ठुलो फिल्म सावित भएको थियो । यो फिल्मले त्यतिबेला भारतीय बक्स अफिसमा ३०० करोड भन्दा बढीको ब्यापार गरेको थियो । त्यो फिल्मको सफलतासँगै यसको दोश्रो संस्करण बनाउने तयारीमा निर्माण पक्ष जुटेको हो । फिल्म रिलिज भएको ६ वर्षपछि बल्ल यसको दोश्रो सँस्करण निर्माण हुने भएको छ । अब बजरँगी भाईजान र मुन्नीलाई दर्शकले पर्दामा फेरी देख्न पाउने भएका छन् ।
‘अब बजरँगी भाईजान २ पनि निर्माण हुने भएको छ । यो कुरा यहाँहरुलाई सुनाउन पाउँदा मलाई खुसी लागेको छ ।’ फिल्म आर आर आरको एउटा कार्यक्रममा अभिनेता सलमानले यो फिल्मको निर्माण’bout घोषणा गरेका हुन् ।






