आज न्याय सेवा आयोगको बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । बुधबार दिउँसो ३ बजेका लागि प्रधानन्यायाधीश राणाले बैठक आह्वान गरेका हुन् । आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठक बुधबार बस्ने गरी बोलाइएको छ ।

लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्ति गर्न प्रधानन्यायाधीश राणाले बैठक बोलाएका हुन् । लोकसेवा आयोगले परीक्षा लिएर नतिजा प्रकाशित भएपछि न्याय सेवा आयोगलाई न्यायाधीश सिफारिस गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार न्याय सेवा आयोगको बैठक बस्न लागेको हो ।

पुग्ला त गणपुरक संख्या ?

जिल्ला न्यायाधीशको १८ पदका लागि दसैंअघि आयोगले परीक्षा लिएको थियो । १२ असोजदेखि १७ असोजसम्म न्यायाधीशका लागि सो परीक्षा भएको थियो । परीक्षाको रिजल्ट निकाल्नुपर्ने दबाबमा आयोग छ ।

प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।

प्रधानन्यायाधीश राणाले तोकेको इजलास बहिष्कार गरेका वरिष्ठतम् न्यायाधीश न्याय सेवा आयोगको बैठक उपस्थित नहुने निश्चित जस्तै छ । प्रधानन्यायाधीशसँग इजलास सेयर नगरेका अवस्थामा न्यायपरिषद्, न्याय सेवा आयोग बैठकमा नबस्ने यसअघि नै उनले बताइसकेका छन् । प्रधानन्यायाधीश राणासँग यसअघि न्यायपरिषद् बैठक बस्ने विषयमा वरिष्ठतम् न्यायाधीश कार्कीले असहमत जनाउँदै आएका थिए ।

त्यस्तै, बारएसोसिएसनले कानुनमन्त्री र महान्यायाधिवक्तालाई बैठकमा उपस्थित नहुन आह्वान गरिसकेका छन् । यस्तो अवस्थामा भने न्याय सेवा आयोगको गणपुरक संख्या नपुग्दा बैठक स्थगित हुने सम्भावना पनि उत्तिकै छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,250 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै