यिनी हुन् हिमपुत्री

विश्वमा ८ हजार मिटर उचाइका १४ हिमाल छन् । तीमध्ये आठ नेपालमा पर्छन् । हो, तिनै आठमध्ये एउटाको फेदमा जन्मिएकी हुन्, लाक्पा फुटी शेर्पा । सोलुखुम्बु चौरीखर्क घरको बलेंसीबाटै दिनहुँ हिमाल स्पर्श गर्दै हुर्किइन्, उनी । हिउँका डल्लामा रमाइन्, खेलिन् । कयौं रात हिउँमै निदाइन् । बुबा फुरी ग्याल्जेन र आमा दावा ल्हमुसँग हिउँमै उकालीओराली गरिन् । आमाको बखुको फेरो समाएर दौडि“दा सयौं चोटी हिउँमा चिप्लिइन् । बाल्यकाल हिउँसँग साक्षात्कार गर्दै बित्यो । संघर्ष र अभावमै दिन चलिरहे ।

हिमाली भेगमा नगदेबाली उत्तिसारो हुँदैन । सबै हिउँले सखाप पारिदिन्छ । सुदूर पर्यटकीय क्षेत्र सोलुखुम्बुका गाउँमा यातायात सुविधा नपुगेकाले कृषिबाली विक्री गर्ने बजार थिएन । जसका कारण फेदीमा बस्ने शेर्पा समुदायको आयस्रोत पर्यटकका भरिया बन्ने र व्यवसायमात्र हो । लाक्पा फुटी पनि बाउबाजेको परम्परा धान्न वर्षौं भरिया बनिन् । सम्भवतः १२ वर्षको उमेरमै ढाडमा गरुंगो भारीले ठेउला उठेर पिल्सिसकेको थियो । ‘त्यो बाध्यता थियो । दुःख–विमार, हुरीबतास, रगत जम्ने चिसो हाम्रा लागि सामान्यस“गै पारिवारिक दुःख थियो,’ उनी सम्झिन्छिन्, ‘गाउ“मा पर्यटक आउँदा भारी बोक्न पाइन्छ भनेर औधी खुसी हुन्थ्यौं । पर्यटक भगवानजस्तै लाग्थे । घरमा भाइबहिनीको हेरचाह र बुबाआमालाई सहयोग पुग्छ भनेर १२ वर्षकै उमेरदेखि भारी बोकेर पर्यटकसँग जान थालेको हुँ ।’

भरिया बनेर दशक बिताइन् । स्कुले पढाइ भरिया बन्दै बित्यो । हाँसखेल र रमाइलो गर्ने उमेरमा ढाडमा गरुंगा भारी थिए । त्यही भारीले वर्षौंसम्म थिचिरह्यो । उनीजस्तै हिमाल फेद बसेका हजारौंको दिनचर्या भरिया बनेरै बितिरहेको छ । ‘विश्वभर फैलिरहेको महामारीका बेला हिमाल फेदमा अनिकाल लाग्यो होला † सयौं बेरोजगार भए होलान् । कतिपय भोकभोकै भए होलान् । संकटका बेला सरकारसँग दर्जनौं प्रश्न सोध्न मन लाग्छ,’ उनीस“ग प्रश्नको थुप्रो छन्, ‘सरकार † हिमालमा पनि नेपाली बस्छन्, जनता बस्छन् । भिन्न व्यवहार नहोस ।’

भारीले थिचेको जीवनले सिर्जना र संघर्ष गर्न सिकाएकोमा लाक्पा फुटीलाई गर्व छ । भरिया बनेर हि“ड्दाहि“ड्दै पर्यटन व्यवसायमा भविष्य देखिन् । ‘भरिया बनेरै भए पनि अवसर लिनसक्नुपर्छ’ भन्ने लाग्यो । ‘उमेर र समयसँगै भरियाबाट उठ्नुपर्छ’ भन्ने सोच पलायो । विस्तारै टुर्स र ट्रेकिङ व्यवसाय र पर्यटनतर्फ हात लम्काइन् । झन्डै ४० वर्ष पर्यटन व्यवसायमा बिताइन्, उनले । नेपालको लोकप्रिय मानिने ‘लक्जरी ट्रेकिङ एजेन्सी’ संस्थापक बनिन् । थोरैथोरै दाम, धेरै मान कमाइन् ।

सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गर्दा उनका सहायक थिइन्, लाक्पा फुटी । त्यसबेला पासाङसँगै नन्द राई पनि थिए । लाक्पा उनीहरूसँगै आरोहणमा उक्लिएकी थिइन् । तर, पासाङसँगको यात्रा सुखद् रहेन् । चुचुरो पुगेर फर्कनेक्रममा ८ हजार ७ सय मिटरमा रहेको ‘साउथ समिट’मा उनको निधन भयो । ‘म पनि ८ हजार मिटरसम्म पुगेकी थिएँ तर पासाङलाई हिउँले लग्यो । त्यसपछि फर्किएँ,’ उनले सगरमाथा आरोहण क्षण सम्झि“दै भनिन्, ‘पासाङलाई राष्ट्रिय विभूति भनेर सम्मान दिएकोमा एकदमै खुसी छु । प्रेरणा पनि मिलेको छ ।’

युरोपका केही उच्च शिखर उचाई नाप्न पनि पुगेकी उनले साहसिक खेल ‘स्की’मा अनुभव बटुलिइन् । ‘स्की’को मज्जा लिने पहिलो नेपाली महिलाको रेकर्ड उनकै नाममा दर्ता छ । ‘स्कीमात्र होइन, अन्य साहसिक खेलको पढाइ नेपालमा हुनुपर्छ,’ लाक्पा फुटी भन्छिन्, ‘पर्वतारोहण’bout बुझ्न र पढ्न विश्वभरका विद्यार्थी नेपाल आउने व्यवस्था मिलाइनुपर्छ ।’ उनले विश्वका विद्यार्थीलाई आकर्षित गर्न पर्वतारोहण विश्व विद्यालय स्थापना अभियान प्रारम्भ गरिसकेकी छन् ।

शिक्षामा विश्वमै नौलो प्रयास

सीमित तालिमकै भरमा चलेको पर्वतारोहण क्षेत्रमा लाक्पा फुटीले नै विश्वविद्यालयस्तरको ‘वार्षिक शैक्षिक कार्यक्रम’ भित्र्याएकी हुन् । उनले विश्वका देशमा विरलै पढाइ हुने पर्वतारोहण शिक्षा नेपालमा सुरु गराइन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ‘नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान’ (नेपाल माउन्टेन एकेडेमी) स्थापना गरिन् । उनकै पहलमा नेपालमा नौलो कोर्ष सुरु भयो । ‘नेपालका हिमाल पढ्न, महŒव बुझ्न । हिमाली क्षेत्रको रहनसहन, रितिरिवाज, हिमनदी, वनस्पति, शेर्पा समुदायको कला र संस्कृति बुझन् कक्षा आवश्यक छ,’ उनले भनिन्, ‘हिमाल र पर्वतारोहणमैत्री बन्न यस्तो शिक्षाले ठूलो भूमिका खेल्छ । पर्यटकको सत्कार गर्न सिकाउँछ । पर्वतारोहणसम्बन्धी शिक्षा हासिल गरेपछि रोजगारीका लागि विश्वभर अवसर खुल्छ ।’ अर्थतन्त्रको पहिलो खम्बाका रूपमा हेरिएको पर्यटन क्षेत्र विकास र सम्मृद्धि गर्न शैक्षिक जनशक्ति आवश्यक पर्ने भएकैले नौलो विषय भित्र्याएको उनको भनाइ छ । प्रतिष्ठानमा २०१७ देखि स्नातक तहको पढाई भइरहेको छ भने २०२० जनवरीदेखि ‘साहसिक पर्यटन’ विषयमा मास्टर डिग्री अध्यापन सुरु भएको छ । विश्वकै महंगो र धेरैको रोजाइमा पर्ने ‘माउन्टेन टूरिज्म’का लागि यी कोर्ष उपयोगी मानिन्छन् ।

हन्डर र ठक्कर

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न र शैक्षिक पाठ्यक्रम तयार गर्नेक्रममा लाक्पाले थुप्रै ठक्कर खाइन् । सन् २००९ मा प्रतिष्ठान नेपालको पहिलो महिला कार्यकारी निर्देशक नियुक्त भएदेखि एक दशकमा उनले ठूलै संघर्ष खेपिन् । हाल, प्रतिष्ठान अध्यक्ष हु“दा झनै जिम्मेवारी बढेको छ । सुरुवाती चरण स्मरण गर्दै उनी भन्छिन्, ‘लाक्पा फुटीले असम्भव ठाउँमा हात हाल्यो भनेर खिसीटिउरी गरियो । सम्बन्धन लिन र सहयोग लिनेक्रममा त कति दुःख पाइयो, पाइयो भनी साध्य छैन ।’

शिक्षा र पर्यटन मन्त्रालय धाउँदाका उनीसँग बेग्लै कहानी छन् । पवित्र काम लिएर जाँदा पनि दुःख दिएको बिर्सिन सकेकी छैनन् । ‘उनीहरूको व्यवहार, वचन र कार्यशैलीका कारण कति पटक एक्लै बसेर रोएकी छु, काम हुन्न भनेर फर्काइदि“दा ढोका बाहिर निस्किएर आँसु बगाउँदै हि“डेकी छु,’ विगत स्मरण गर्दै लाक्पा फुटी भनिन्, ‘तर, त्यो आँसु अब खुसीमा परिणत हुने तरखरमा छ । उत्साहित छु ।’ अहिले काठमाडौं थापागाउँस्थित प्रतिष्ठानमा दर्जनौं विद्यार्थी उत्साहित भएर पढिरहेको देख्दा उनमा खुसीको सीमा छैन ।

विश्वविद्यालयको सपना

प्रतिष्ठानले नेपालमै पहिलो पटक त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ‘ब्याचलर अफ माउन्टेरिङ स्टडिज’ र ‘मास्टर अफ एडभेन्चर टुरिज्म’ अध्ययन गराइरहेको छ । नेपाल माउन्टेन एकेडेमीकै अगुवाइमा भविष्यमा पर्वतारोहणसम्बन्धी विश्वविद्यालय स्थापना गराइछाड्ने लाक्पा फुटीको सपना छ । सुरुमा पर्यटन विश्व विद्यालयको अवधारणा अघि बढाइए पनि नेपालमा पर्वतारोहण विश्वविद्यालय आवश्यक भएको उनको भनाइ छ । पर्यटन र साहसिक पर्वतारोहण ‘हब’का रूपमा विकसित भइरहेको नेपालमा त्यससम्बन्धी अध्ययन गर्न स्वदेशीमात्र होइन, विदेशी विद्यार्थीका लागिसमेत आकर्षक मानिने भएकाले विश्वविद्यालय आवश्यक रहेको उनले औंल्याइन् ।

प्रतिष्ठान अध्यक्ष लाक्पा फुटीका अनुसार आरोहीलाई सामान्य तालिममात्रै दिने परिपाटी अन्त्य गर्दै सैद्धान्तिक, रचनात्मक ज्ञान र सीप विकास गर्न विश्वमै पहिलोपटक पर्वतारोहणसम्बन्धी पढाइ सुरु गरिए पनि अनुसन्धानसमेत अघि बढाउन विश्वविद्यालय आवश्यक छ । ‘विश्वविद्यालय स्थापना गर्न पहिलो चरणमा आवश्यक मापदण्ड र प्रक्रिया प्रारम्भिक तयारी गरिरहेका छौं,’ उनले भावी योजना पनि सुनाइन्, ‘आवश्यक पूर्वाधार निर्माणका लागि काम अघि बढाएका छौं । केही स्थानमा जग्गा प्राप्त भइसकेको छ । अब क्रमशः विश्वविद्यालयका लागि तयारी गर्छौं । विश्वविद्यालय स्थापना गर्न विश्वका धेरै देशले तयारी गरे पनि सफल हुन सकेका छैनन् । तर, नेपालमा सफल हुनेछौं ।’

विश्वविद्यालय बनाउने अभियानस्वरुप सोलुखुम्बुमा भौतिक संरचना निर्माण भइरहेको छ । संखुवासभा र बन्दीपुरमा पनि जग्गा उपलब्ध गराउने दाता तयारी अवस्थामा छन् । विदेश अध्ययन गर्न गइरहेका विद्यार्थीलाई नेपालमै आकर्षित गर्न र हिमाल आरोहण’bout अध्ययन गर्न विदेशी विद्यार्थीलाई समेत भित्र्याउने अभियान अघि सारिएको उनले बताइन् । हिमाल हेर्न र घुम्नमात्र नभई शैक्षिक अध्ययनको विश्वकै गन्तव्यका रूपमा नेपालमा विश्वविद्यालय अवधारणा अघि सारिएको हो । ‘यसका लागि नेपाल सरकारले पूर्ण साथ दिनुपर्छ । अन्य शिक्षासेवी, दाता र विदेशी निकाय स्वतस्फूर्त रूपमा सहयोग गर्न तयार छन्,’ उनले भनिन् ।

कृतिको चर्चा

लाक्पा फुटी आफ्नो कर्मले सफल बने पनि खासै चर्चामा थिइनन् । उनका दुई कृतिले भने थप चर्चामा ल्यायो । आत्मकथारूपी उपन्यास ‘हिमालकी छोरी’ र ‘हिमालमा चालिस वर्ष’ पुस्तकले उनलाई ‘सेलिब्रेटी’ नै बनाइदिइएका छन् ।

२०७२ सालमा ‘हिमालकी छोरी’ उपन्यास र २०७३ सालमा ‘हिमालमा चालिस वर्ष’ पुस्तक प्रकाशित भएपछि आममानिसकोलाक्पाप्रतिको दृष्टिकोणमा परिवर्तन आयो । जीवन भोगाइ’bout बुझ्न धेरै शुभेच्छुकले पुस्तक पढ्न भ्याइसकेका छन् । ‘हिमालमा चालिस वर्ष’ पुस्तक अंग्रेजीमा समेत अनुवाद भइसकेको छ । ‘फोर्टी इयर्स इन दि माउन्टेन’ पढेर धेरैलाई भावुक बनाएको प्रतिक्रिया उनले पाइरहेकी छन् । नेपाल’bout विदेशीले लेखेका पुस्तक पढेर देश बुझिरहेकाका लागि आफ्नो पुस्तक बढी सान्दर्भिक हुनेमा उनी ढुक्क छिन् ।

दुई साता नेपालका हिमाल चढेका पर्यटकले लेखेका किताबभन्दा हिमालकै फेदीमा हुर्केका व्यक्तिले लेखेका पुस्तक बढी तथ्यपूर्ण हुन्छन् भन्ने मान्यतालाई उनले स्थापित गराइदिएकी छन् । ‘विदेशी लेखक दुई हप्ता हिमाली भेग घुमेकै भरमा पुस्तक लेख्नुहुन्छ । उहाँहरूले विषयवस्तु, परिवेश राम्रोसँग बुझेकै हुँदैन । हामी त्यही ठाउँमा जन्मियौं, हुर्कियौं, भारी बोक्यौं, पर्यटन क्षेत्रमै होमियौं । हाम्रो बुझाइको दायरा फराकिलो हुन्छ । र, हामीले लेख्दा विस्तृतमा लेख्न सक्छौं,’ लाक्पा फुटी भन्छिन्, ‘विदेशीको लेखनमा वास्तविक अनुभूति भेटाइ“दैन तर हामीले लेख्दा हाम्रो भावना र भोगाई पनि जोडिएर आउँछ ।’ वास्तवमै उनको जीवन भोगाइ दुई पुस्तकभित्रका अक्षरले स्पष्ट पारिसकेका छन् । अब अर्को कृति लेख्ने सोचसमेत छिन्, हिमालयपुत्री लाक्पा फुटी ।

तपाइको प्रतिक्रिया
(Visited 720 times, 1 visits today)

epaper

ताजा समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु