हिमपात भएपछि जुम्लाका किसान खुसी

उच्च हिमाली क्षेत्रमा २ फिटसम्म हिउँ परेको छ

जुम्ला । जुम्लामा वर्षा संगै हिमपात भएको छ । मँगलवार बेलुका साँझबाट सुरु भएको हिमपात बुधबारसम्म पनि रोकिएको छैन । उच्च हिमाली क्षेत्रमा २ फिट सम्म हिउँपरेको छ, भने बेसीमा करिव १ फिट सम्म हिउँ परेको छ । हिमपातपछि बढेको चिसोले वालवालिका, जेष्ठनागरिक र दिर्घरोगी प्रभावित भएका छन् ।

लामो खडेरीपछि वर्षा संगै हिमपात भएपछि बिसानहरु हर्षित भएका छन् । स्याउ ओखर लगायत हिउँदेबाली सप्रने आशाले कृषकमा खुशियाली छाएको हो । ‘गहुँ, जौ खडेरिले सुक्न लागेको बेला मौसमले साथ दियो, अव हिउदेवालि सँगै स्याउ, ओखरलाई सिंचाई पुग्ने भयो ।’ तातोपानि गाउँपालिका वडा नम्वर ७ युवा अर्जुन रावतले भने । बाक्लो हिउँपरेपछि बस्तुभाउ चरण क्षेत्रमा लैजान समस्या भएको उनले बताए । अहिले भेडा बाख्रालाई घाँस दिएर गोठभित्रै हुल्ने गरिएको भेडापालक कृष्ण खड्काले बताए ।

जुम्ला सदरमुकाम खलंगा सँगै आठै स्थानीय तहमा पनि हिउँ परेको छ । हिमपात पछि जुम्लाको जनजिवन कष्टकर बन्दै गएको छ । हिँउदेवाली र स्याउ, ओखर जस्ता फलफूलका लागी चिस्यान आवश्यक पर्ने हुँदा यो हिमपात लाभदायक हुने कृषि विकास कार्यालय जुम्ला निमित्त कार्यलय प्रमुख गणेश अधिकारीले बताए । ‘हिंउदेवाली लगाउने वेला कार्तिक महिनामा राम्रो वर्षा भएको थियो, समयमै हिमपात पनि भएको छ, मौसमले राम्रो साथ दिएको छ ।’ जुम्लामा थोरैमात्र जमिनमा नदिको पानीबाट सिंचाई हुन्छ, बढी जमिनमा आकाशे पानीको भरमा खेती गरिने हुँदा यो पटकको हिमपातले कृषकलाई हर्षित बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 698 times, 1 visits today)

epaper

ताजा समाचार

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग