नेपालमा ११ देशका कलाकारले देखाए नृत्य

काठमाडौं । कोरोनाको सन्त्रास नेपालमा बढिरहेको बेला एभरेस्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंलगायतका केही सहरमा १०औं संस्करणको अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला मंगलबार सम्मन्न गरेको छ ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने मूल नाराका साथ यो मेला सुरु गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले राजधानीमा एक भव्य कार्यक्रमबीच १७ फागुनमा उद्घाटन गरेको यो मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरिएको छ ।

यी चार वटा सहरमा विविध सांस्कृतिक उत्सव प्रस्तुतिपछि राजधानीको कान्तिपथस्थित होटल एलो प्यागोडमा औपचारिक कार्यक्रमबीच मेला समापन गरिएको हो । मेलामा सहभागी कलाकारलाई विशेष सम्मान प्रदान गरिएको थियो । उनीहरू भिजिट नेपालको सन्देश बोकेर मंगलबार नै आ–आफ्नो मुलुक फर्किएका छन् । विभिन्न देशका कलाकार २५ गते नै फर्कन भनिए पनि उनीहरूले फागुपूर्णिमा मनाउनको लागि आफ्नो नेपाल बसाइँ केही दिन लम्ब्याएका थिए ।

मेला आयोजक संस्थाका अध्यक्ष तथा १०औं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला संयोजक रामचन्द्र कोइरालाका अनुसार यो मेलामा बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंकाका ३५० भन्दा बढी कलाकारले कला प्रस्तुत गरे । मेलामा नेपाललगायत सबै देशका कलाकर्मीले आफ्नो देशको लोक सांस्कृतिक नृत्य गीत प्रस्तुत गरेका थिए ।

‘नेपाली लोक सांस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ २२ वर्ष अगाडि स्थापना भएको हाम्रो संस्थाले स्थापनाकालदेखि नै लोकसांस्कृति तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले यो मेला आयोजना गर्दै आएका हौं ।’ अध्यक्ष कोइरालाले भने ।

आफ्नै मौलिक लोकसांस्कृतिक झल्कने कार्यक्रम स्वदेश तथा विदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य पनि आफूहरूले गर्दै आएको एभरेस्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष कोइरालाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधि आज राति १२ बजेबाट, के गर्न पाइन्छ के पाइदैन ?