बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

सांकेतिक तस्वीर

इटहरी । इटहरी २० तरहरास्थित पानीपियामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार राति ७ः१५ बजे पानीपियास्थित चारकोसे झाडीमा दुर्घटना भएको हो । दक्षिणबाट उतरतर्फ जादै गरेको को २७ प २१९ नं को मोसालाई बिपरीत दिशाबाट आउदै गरेको प्र १–०–२–००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका ७ बस्ने २२ वर्षीय अबि राई र मोरङको सुन्दरहरैँचा ५ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् । दुर्घटनामा दुवैजना गम्भीर घाइते भइ उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाएकोमा दुवैको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुईमध्ये को मोटरसाइकल चालक भन्ने पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अुनसार बसले पैदलयात्री जोगाउने क्रममा उक्त दुर्घटना भएको हो । प्रहरीले दुवै सवारी साधनसहित बस चालक इटहरी ४ बस्ने ४४ वर्षीय टीकाराम चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित