रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुने

रोल्पा । रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुने भएको छ । कार्यक्रम जिएम मुभिजको आयोजना र सुनिलस्मृति गाउँपालिको आर्थिक सहयोगमा हुन लागेको हो ।

आगामी शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुन लागेको कार्यक्रमलाई पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्न लागेका हुन् । कार्यक्रममा माओवादी नेताहरु जोखबहादुर महरा र झक्कुप्रसाद सुवेदीको समेत विशेष उपस्थिति रहनेछ।

आयोजकका अनुसार कार्यक्रममा १० वटा बहसका शेषणहरु सञ्चालन हुनेछन् । सुनिलको सपना शेषणमा वक्ताको रुपमा बाग्मती थापा प्रस्तुत हुनेछिन् भने उनलाई पत्रकार माधवकुमार वलीले सहजीकरण गर्नेछन् । कमरेडको खबर शेषणमा वक्ता झक्कु सुवेदी छन् भने सहजीकरण महेश न्यौपानेले गर्नेछन् ।

संसदमा सर्कसमा वक्ता राजकुमार कुवँर छन् भने सहजीकरण नविन लोचनले गर्नेछन् । त्यस्तै गाउँ जानेबाटोमा वक्ताहरु गुणेन्द्र घर्ती, रक्तिम पुन, दुर्गाबहादुर खड्का र बालाराम बुढा छन् भने सहजीकरण काशिँराम डागीले गर्नेछन् । बिर्सिएको यु्द्ध पर्यटनमा वक्ताहरु पुरण क्षेत्री, खेम बुढा र पृथ्वी पुन छन। उनीहरुलाई मनिषा श्रेष्ठले सहजीकरण गर्नेछिन् ।

कार्यक्रमा राष्ट्रिय मुद्दाका विषयहरु पनि उठाइएको आयोजकले बताएको छ । कविले बिराएको बाटोमा कविहरु श्यामल अधिकारी र श्रवण मुकारुङ वक्ता छन् । उनीहरुलाई युवा पुस्ता चर्चित कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासी मोर्चाका महासचिवसहित चारजना पक्राउ