किन दिए नीर शाहले संरक्षक पदबाट राजीनामा ?

काठमाडौं । विशिष्ट कलाकार नीर शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट राजीनामा दिएका छन् । संघको कार्यसमितिले शाहको राजीनामा स्वीकृत गर्दै संरक्षकमा हरिबंश आचार्यलाई नियुक्त गरेको छ ।

‘कार्य व्यस्तताका कारण शाहले दिनु भएको राजिनामा संघको बुधबार दिन बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ ।’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै पु-याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै वहाँले आफ्नो कार्यकालमा दिनु भएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय पनि गरेको छ ।

संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गरेको जनाएको छ ।संरक्षक पदावधी वर्तमान कार्यसमितिको कार्यकाल सम्म रहने छ ।

शाहले कार्यव्यस्तताको कारण भने पनि चलचित्र कलाकार संघमा अनावश्यक राजनीतिक हस्तक्षेप सुरु भएकोमा शाह असन्तुष्ट थिए । पछिल्लो समय कलाकार संघ, निर्देशक समाज, निर्मातासंघलगायतका संघ संस्थामा हुने निर्वाचनमा दलिय हस्तक्षेप हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)

epaper

ताजा समाचार

आजको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय