ओली समुहले एकलौटी गरेको भन्दै मकवानपुर एमाले नेतृत्व चयनमा विवाद

चुरे मकवानपुर । तोकिएको समयभन्दा एक दिन बढी खर्चेर सर्वसम्मत भन्दै चयन भएको एमाले मकवानपुरको नेतृत्वमा विवाद देखिएको छ । २३ पुसमा उद्घाटन तथा २४ पुसमा महाधिवेशन सम्पन्न गर्ने पुर्व तयारी भएपनि नेतृत्व चयनमा सहमति हुन नसकेपछि झन्डै १२ घण्टाको लागि महाधिवेशन स्थगित गरिएको थियो ।शनिबार साँझबाट आइतबार बिहान ८ बजेसम्मको लागि सहमतिको प्रयास गर्दै गर्न स्थगित गरिएको महाधिवेशनपछि चयन भएको नेतृत्वमा विवाद देखिएको हो । आइतबार सार्वजनिक गरिएको नेतृत्व अन्तरगत अध्यक्षमा एकालाल श्रेष्ठ चयन भएका थिए । तर अध्यक्षका प्रत्यासी बद्री लम्सालले आफ्नो सहमति नभएको बन्दै विज्ञप्ति मार्फत विरोध जनाएका छन् । उनले आफ्नो उम्मेदवारी कायम नै रहेको विज्ञप्तिमा भनेका छन् ।

अध्यक्षका प्रत्यासीद्धारा विज्ञप्ति निकालेर विरोध

आइतबार बिहान निर्वाचन मण्डलका अध्यक्ष रहेको पार्टीको जिल्ला सह–इन्चार्ज रामेश्वर रानाले नामावली घोषणा गरेका थिए । उक्त नामावलीमा नेकपा एमाले मकवानपुरको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट चयन भएका थिए ।

नामावली सार्वजनिक भएपछि अध्यक्षका अर्का उम्मेदवारी लम्सालले बिरोध जनाएका छन् । “सार्वजनिक गरिएको जस्तो सहमती भएकै छैन” राजधानीसंग लम्सालले भने “ यो लोकतान्त्रिक विधि संगत छैन ।“

नेकपा एमालेमा माधव नेपाल हुँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई प्रतिगमन भनेका तर एमाले फुट्दा तेस्रो धार भन्दै दशबुँदे सम्झौता गरेको जिल्लाका नेताहरूलाई नेतृत्वमा बञ्चित गरिएको आरोप लागेको छ ।

यस अघिको अधिवेशनबाट मकवानपुर एमालेका उपाध्यक्ष भएका लम्सालले अध्यक्षको लागि दाबी गर्दै उम्मेदवारी घोषणा गरेका थिए । तर, उनले उम्मेदवारी फिर्ता नगरे पनि अध्यक्षमा जिल्ला सचिव रहेका एकलाल श्रेष्ठलाई अध्यक्षमा रानाले घोषणा गरेका थिए ।

त्यसपछि अध्यक्षका प्रत्यासी लम्सालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘जबरजस्ती लोकतन्त्रको हत्या हुँदैछ, जनअभिमतलाई बन्दी बनाईँदैछ ।’ लम्साल एमालेको १० बुँदे पक्षधरका नेता हुन् भने श्रेष्ठ पूर्वमुख्यमन्त्री डोरमणि पौडेल निकटका नेता हुन् ।

यस्तै पदाधिकारीमा दिएको उम्मेदवारीहरूलाई पनि वेवास्ता गर्दै सार्वजनिक रूपमा जिल्लाका नेताहरूले टिप्पणी गरेका छन् । जिल्लाको गाउँपालिका स्तर (भुगोल) बाट भएको सर्वसम्मत नेतृत्व चयन प्रति भने लम्सालले कुनै प्रतिक्रिया दिएनन् ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी