तेह्रथुम । फेदाप गाउँपालिका वडा नम्वर १ स्थित महकाली मावि पुल्ढुङ, सिम्लेका प्रधानाध्यापकको सोमबार विहान करेन्ट लागेर निधन भएको छ ।
आफ्नै बारीमा रहेको कुटमिराको रुखमा बाख्रालाई घास काट्न चढ्दा करेन्ट लागेर प्रअ अम्वर वहादुर वस्नेतको निधन भएको हो ।
बाख्रालाई घास खुवाउनको लागि रुखमा चढेर घास काट्दा घासको डालोले विजुलीको तारमा छोएपछि करेन्ट लागेको स्थानीयवासी सिव लिम्वुले बताए ।
करेन्ट लागेका प्रअ वस्नेतको घटनास्थलमै निधन भएको थियो । निधन भएका वस्नेतलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको फेदाप गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष नविन चोङवाङले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)