यसकारण बदनाम भयो मिडिया अवार्ड

चलचित्र प्राविधक संघका अध्यक्ष पुष्कर लामा एलआइसी नेपालका सिइओ लक्ष्मणप्रसाद दासलाई सम्मान गर्दै । तस्विर : पुष्करकाे फेशबुकबाट


पुराना चलचित्र पत्रकार मित्रसँग अनामनगरमा मट्का चिया पिउँदै थिएँ । एकजना (मैले नचिनेका अवार्ड आयोजक ) पात्र आइपुगे र मेरा मित्रलाई भने– ‘दाई दुबईमा अवार्ड गर्न लागेको, दुई जना मान्छे पुगेन कोही छ भने भनिदिनुस् न ।’

कति हो नि पैसा ? ति मित्रले सोधे । जवाफ दिँदै अवार्ड आयोजकले भने ‘एकलाख २० हजार । दुबई पनि घुमाउछौं अवार्ड पनि दिन्छौं ।’

‘खै को पाइएला र ! भेटेँ भने भनौंला । अनि मलाई कति आउछ ?’ ति मित्रको प्रश्नको जवाफ दिँदै आयोजकले भने ‘तपाईलाई एकजनाको पाँच हजार ।’

अवार्ड आयोजक पुरस्कृत व्यक्तित्व खोज्न हिँडे । एकछिन हाम्रो गफको मेलो अवार्डकै विषय भयो । नेपाली चलचित्रका हरेक गतिविधिका सन्दर्भमा ‘अपडेट’ भइरहने ति मित्रले सुनाए ‘अचेल नेपालमा मात्रै हैन विदेशमा पनि अवार्ड हुन थालेको छ । अवार्ड गर्नेहरु मालामाल छन् ।’

प्रारम्भमा दुवई, कतार, मलेशिया, थाइल्याण्डलगायतका मुलुकमा फिल्म अवार्ड हुन्थ्यो । पछि पछि अमेरिका, जापान, बेलायतमा पनि हुन थालेको छ । विदेशमा हुने कार्यक्रमको शोभा बढाउनका लागि निश्चित चलचित्रकर्मीलाई निःशुल्क लैजाने आयोजकले अवार्ड लिन इच्छुक अन्य व्यक्तिसँग भने पैसा लिने र कलाकारकै बीचमा समाजसेवी, शिक्षासेवी, चर्चित सञ्चारकर्मीको उपाधिसहित अवार्ड दिने गरेका छन् । विदेशमा गरिने त्यस्ता अवार्डलाई आयोजकहरुले अन्तर्राष्ट्रिय अवार्ड भनेर व्याख्या गर्ने गरेका छन् ।

लगानी गरेर त्यसरी अवार्ड लिएकाहरुले पनि सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय अवार्ड पाएको भन्दै सेयर गर्छन् । पछिल्लो दुई वर्ष कोरोना संक्रमणले अन्य गतिविधि ठप्प भए पनि काठमाडौंमा अवार्ड लिने र दिने परम्परा चाँहि कायम रह्यो । फिल्म, म्युजिक, पत्रकारितालगायतका शीर्षकमा अहिले पनि अवार्ड कार्यक्रम जारी छ ।

अर्को रमाइलो हाम्रो मुलुकमा यस्ता अवार्ड कार्यक्रम लगभग ५० भन्दा बढी विधामा दिइन्छ । र, हरेक अवार्डमा केही थान पत्रकारलाई पुरस्कार एवं सम्मान दिने चलन छ । गच्छेअनुसार कतिपय आयोजकले नगद पनि दिन्छन् । यस्ता अवार्डहरुमा पत्रकार शीर्षकमा सम्मान पुरस्कार पाउनका लागि पत्रकारितामा सक्रिय भएको वा पत्रकारिता कर्ममार्फत् केही मान्यता स्थापित गरेको हुनुपर्ने जरुरी छैन । मात्रै आयोजकसँग चिनजानी भए पुग्छ ।

नेपाली पत्रकारितामा विभिन्न वर्ग समुह छन् । एकथरि छन्– जसलाई सूचना विभागले जारी गर्ने रातो कार्ड भए हुन्छ, तिनले समाचार लेख्ने कुरौ छाडौं समाचार पनि राम्रोसँग सुन्दैनन, पढ्दैनन् । अर्काथरि छन्– विभिन्न दलमा संलग्न भएकै भरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने सम्मान पुरस्कारका लागि तन मनले लाग्छन् र पाउँछन् पनि

सरकारी संस्था प्रेस काउन्सिल नेपाल, काठमाडौं महानगरपालिका, नेपाल पत्रकार महासंघलगायतले पनि पत्रकारलाई पुरस्कार दिँदै आएका छन् । यी तिनै संस्थाको उद्देश्य एकदम गज्जब छ । पत्रकारितामा राम्रो गर्नेलाई प्रोत्साहन गर्ने । तर, दलिय प्रभावका कारण यी तिनै संस्थाले आफ्ना उद्देश्यअनुरुप काम गर्न सक्दैनन् ।

काउन्सिल वा महासंघले दिने पुरस्कारमा पत्रकारको क्षमताले भन्दा उ निकट दलको सदस्यताले बढी अंक पाउँछ । यसको अर्थ काउन्सिल वा महासंघले दिने पुरस्कार अयोग्यकै हात पर्ने चाँहि होइन् । ४० प्रतिशत योग्यले पाउँछन् भने ६० प्रतिशत अयोग्यहरु पुरस्कृत हुँदै आएका छन् । को योग्य को अयोग्य भनेर माथापच्ची जरुरी छैन । महासंघ वा काउन्सिलले बिगतमा वर्षमा दिएका पुरस्कृत व्यक्तित्वको सूचि हेर्दा स्पष्ट हुन्छ ।

नेपाली पत्रकारितामा विभिन्न वर्ग समुह छन् । एकथरि छन्– जसलाई सूचना विभागले जारी गर्ने रातो कार्ड भए हुन्छ, तिनले समाचार लेख्ने कुरौ छाडौं समाचार पनि राम्रोसँग सुन्दैनन, पढ्दैनन् । अर्काथरि छन्– विभिन्न दलमा संलग्न भएकै भरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने सम्मान पुरस्कारका लागि तन मनले लाग्छन् र पाउँछन् पनि ।

अर्को एकथरि छन्– जो आफ्नो कर्म पत्रकारितामै केन्द्रित छन् । पत्रकारिता गरेरै जीवन निर्वाह गरेका छन् । पत्रकारिता आचार संहिताको नियमभित्र रहेर बिसौं वर्षदेखि काम गरिरहेका छन् तिनलाई कोटामा बाँडिने यस्ता सम्मान पुरस्कारप्रति मोह हुँदैन र यसरी बाँडिएको कुरा मन परेको पनि हुन्न । तर, खुलेर विरोध गर्ने हिम्मत पनि हुँदैन । किनकी त्यसरी सम्मान पुरस्कार पाउने मध्ये कतिपय आ–आफ्नै साथीभाइ हुन्छन् ।

पुरस्कार दिने गलत प्रवृत्तिको विरोध गर्दा आफ्नै चिनजानका साथीभाइको चित्त दुख्ला भनेर पनि सम्मान पाएको तस्विरमा रियाक्ट वा लाइक गरिदिन्छन् । त्यो वर्गलाई विनासित्ति वेपर्वाह बाँडिने अवार्डहरुका सन्दर्भमा मस्तले लेख्ने मन भएर पनि वातावरण पाइरहेका थिएनन् ।

भर्खरै बाँडिएको ‘मिडिया अवार्ड’ मा पत्रकारहरुबाट जे जस्तो टिप्पणी भयो । यो यही नेपालमा पुरस्कार बाँड्ने प्रवृत्तिको रियाक्ट हो । मिडिया अवार्डले प्रारम्भमा जारी गरेको मनोनय सूची हेर्दा चित्त दुखाउनु पर्ने ठाउँ छैन । मनोनयनमा परेका पत्रकारहरु वास्तवमै काबिल पत्रकारहरु हुन् र सम्मानका साथ सक्रिय पत्रकारितामा छन् , जसकाे पत्रकारिता बाहेक अर्काे पेशा व्यवसाय छैन । तर, पनि उनीहरुलाई आफ्नो नाम मनोनयनमा परेको मन परेन ‘म पुरस्कारका लागि योग्य छैन कृपया मेरो नाम हटाइदिनु होला’ भनेर जब मनोनयनमा परेकाहरुले विज्ञप्ति निकाल्न थाले यसलाई केवल मिडिया अवार्डको विरोधका रुपमा बुझ्नु अर्को भ्रम हुनेछ ।

पत्रकारहरुको यो आक्रोश नेपालमा पत्रकार र पत्रकारिता शीर्षकमा भद्दा शैलीमा बाँडिने सम्मान र पुरस्कारविरुद्ध एउटा सामुहिक आवाज हो । पत्रकारलाई आक्रोश ब्यक्त गर्न मिडिया अवार्डले यति सजिलो बनाइदियो कसैको आलोचना गर्नै परेन् । मात्रै ‘म योग्य छैन’ भन्दा पुग्यो ।

यसका आयोजकले मिडिया अवार्डका सन्दर्भमा गरेको भद्दा प्रचार आलोचनाका विषय बन्यो तर, यो यति धेरै टाउको दुखाईको विषय होइन । इभेन्ट आयोजना आफैंमा एउटा व्यापार हो र व्यापारीको उद्देश्य भनेकै सकेसम्म धेरै नाफा असुल उपर गर्नु हो । पैसा लिएर सम्मानपत्र प्रदान गरिने मुलुकमा प्रमुख अतिथि, अतिथिहरुको फोटोसहितको प्रपोजल बनाएर स्पोन्सर खोज्दै हिँड्नु कुनै आश्चर्य होइन । हामीले बुझ्नु पर्ने यति हो ।

मनोनयनमा परेका पत्रकारहरु वास्तवमै काबिल पत्रकारहरु हुन् र सक्रिय पत्रकारितामा छन् । तर, पनि उनीहरुलाई आफ्नो नाम मनोनयनमा परेको मन परेन ‘म पुरस्कारका लागि योग्य छैन कृपया मेरो नाम हटाइदिनु होला’ भनेर जब मनोनयनमा परेकाहरुले विज्ञप्ति निकाल्न थाले यसलाई केवल मिडिया अवार्डको विरोधका रुपमा बुझ्नु अर्को भ्रम हुनेछ ।

मान, सम्मान, अवार्ड वा अन्य फिल्म वा संगीतसँग सम्बन्धीत कार्यक्रम इभेन्ट आयोजकले सम्बन्धित क्षेत्रको श्रीवृद्धिका लागि गरेका होइनन् । मात्रै आफ्नो गोजी भर्नका लागि गरेका हुन् । यस्तै इभेन्ट आयोजकले दुई वर्ष पूर्व पोर्न स्टार सन्नी लियोनीलाई नेपाल बोलाए, सक्कली ढाका टोपी लगाईदिए र त्यही सोल्टी होटलमा नचाए । सन्नी लियोनी नेपालको कला संस्कृति उभो लाउन आएकी थिइनन् । आफ्नो खल्ती दह्रो बनाइन् आयोजकलाई पनि राहत दिलाइन्, गइन् ।

त्यसकारण आयोजकले बर्बादै गरे भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । आयोजकको प्रमुख धर्म भनेकै सकेसम्म धेरै असुलउपर गर्नु हो । मिडिया अवार्ड शीर्षकमा उधुम कमाउँछु भनेर योजना बनाएकाहरु यसपाली नराम्रोसग पछारिए ।

मिडिया अवार्ड प्रकरणले अब सम्मान र पुरस्कारदाताहरुलाई झस्काएको मात्रै छैन लिनेहरुलाई पनि एकपटक सोच्न बाध्य बनाइदिएको छ । अब कुनै पनि संघसंस्थाले कसैलाई सम्मान वा पुरस्कार प्रदान गर्नुअघि धेरै कुरामा विचार गर्नुपर्ने भएको छ ।

अमेरिकी सपनाले ल्याएको बिकृती

धेरैलाई भ्रम छ, अमेरिका गएपछि गज्जवको सुख पाइन्छ । एक्स्ट्रअर्डिनरी शीर्षकमा अमेरिकाले भिसा पनि दिन्छ । त्यही एक्स्ट्रअडिनरी हुनका लागि नेपाली कलाकर्मीले अवार्ड खरिदलाई पहिलो प्राथमिकता दिने गरेका छन् । कलाकर्मीका संगत गरेका सञ्चारकर्मीले समेत अहिले यही शैली अपनाएका छन् पछिल्लो समय । यसको प्रत्यक्ष फाइदा अवार्ड आयोजकलाई भएको छ ।

अमेरिकामै रहेका नेपाली वकिलहरुले एक्स्ट्रअर्डिनरी भिसाका लागि शुल्क लिएर पहल गरिदिन्छन् । ति वकिलहरुले पठाएको सूचिअनुरुप भिसा पाउनका लागि आफ्नो क्षेत्रमा अब्बल व्यक्तित्व भएको प्रमाण पुर्याउनु पर्छ । प्रमाणका लागि सवै भन्दा सजिलो माध्यम भनेकै त्यहि सम्मानपत्र भएको छ । भिसा पाउन सकेसम्म धेरै अवार्ड लिनु पर्ने र पत्रिकामा ‘यो त उधुम मान्छे हो’ आशयको जीवनकथा छाप्नैपर्ने भएकाले अहिले धेरैले यही दुई कर्मलाई महत्वपूर्ण मान्न थालेका छन् । नेपालमा सजिलै पाइने अमेरिकाले पनि विश्वास गरिहाल्ने भएपछि अहिले पनि काठमाडौंमा महिनामा दुई चारवटा अवार्ड कार्यक्रम हुन्छ भने ५०/६० विधामा बाँडिन्छ ।

नेपालमा सम्मानका शीर्षकमा वास्तविक श्रष्ठाका कतिसम्म दोहोलो काढिन्छ भन्नका लागि धेरै उदहारण छन् । ती मध्ये एउटा प्रनिनिधि घटना हेरौं–

नातीकाजी श्रेष्ठको निधन भएपछि नातीकाजी प्रतिष्ठान गठन गरियो । सामान्यत त्यस्ता प्रतिष्ठानको कर्म भनेको ती श्रष्ठा र तिनका सिर्जनका ’boutमा थप अध्ययन अनुसन्धान गर्नु हो । तर, हाम्रोमा प्रतिष्ठानले वार्षिक उत्सवको अवसरमा १५ जना जति जम्मा पारेर सम्मान गर्छ र एउटा सामुहिक तस्विर खिचाउँछ । प्रतिष्ठानको कर्म पुरा भयो ।

तपाइको प्रतिक्रिया
(Visited 1,308 times, 1 visits today)

epaper

ताजा समाचार

निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित