कोरियामा राईको मृत्यु

धनकुटा  । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृत्यु भएको छ । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका ५४ बर्षीय राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो ।

उपचारका क्रममा कोरियाको सउल सिटी स्थित छनान् अस्पतालमा उनको मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन । उनको शवलाई नेपाल पठाउँने प्रयास भईरहेको लामाले बताए । रोजगारीका लागि करिव १० बर्ष अघि उनी कोरिया पुगेका हुन् ।

त्यसअघि उनी धनकुटाको हुलाकटोलमा उमिसा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । मृतक राईका श्रीमती र एक छोरी छन् । राईको मृत्युको खबर सुनेपछि उनकी श्रीमती बेहोस छिन् । बेहोस अवस्थामा रहेकी उनलाई धनकुटा जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न