साहित्यकार श्रेष्ठलाई दुई लाखको पुरस्कार

काठमाडौं । नेपाली मूलका भारतीय साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई ‘नई देरुनिख’ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । नई प्रकाशनले यो वर्षको सो पुरस्कार श्रेष्ठलाई प्रदान गर्न लागेको हो । नई प्रकाशनको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

२ लाख राशिको पुरस्कार नेपाली मूलका विदेशी नागरिकलाई प्रदान गरिँदै आएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०१औं जन्मोत्सवको अवसर पारेर उनकै हातबाट आगामी २९ वैशाखमा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
सात दशकदेखि नेपाली साहित्यमा क्रियाशील ८२ वर्षीय श्रेष्ठलाई योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्ने निर्णय गरेको नई प्रकाशन अध्यक्ष इन्दिरा प्रसाईले जानकारी दिइन् ।

१९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा वनारसबाट ‘उदय’ मासिक प्रकाशन भएको थियो । सो पत्रिकामा प्राडा ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम ‘महाकवि’ लेखेका थिए । श्रेष्ठका जेठा छोरा दुर्गाप्रसादबाट चार दशकदेखि सो पत्रिकाको सम्पादन र प्रकाशन हुँदै आएको छ । श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली चलचित्र ‘आमा’को पटकथा र संवाद लेखेका थिए । हिरासिंह खत्रीद्वारा निर्देशित सो चलचित्रमा उनी सहायक निर्देशक थिए ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

epaper

ताजा समाचार

धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त