प्रशिक्षणमा मिस टिन र मिसेस टुरिजम

काठमाडौं । ‘मिसेज नेपाल टुरिजम– २०२०’ र ‘मिस टिन टुरिजम–२०२०’ का प्रतियोगी अहिले प्रशिक्षणमा छन् । तेस्रो संस्करणको मिसेस नेपाल टुरिजममा अनु गुरुङ, चन्दा दाहाल अधिकारी, अमृता गिरी तिमल्सिना, रोशनी बडे, आरती माया लामा, सविता मोक्तान, मनिता रिसाल बुढाथोकी, आरती सिंह, सिर्जना लिम्बु महर्जन, बन्दना राजभण्डारी, प्रनीषा कार्की भण्डारी, सिर्जना लामा, निशा खरेल र लिरा पोखरेल गरी कुल १४ प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धा गर्दै छन् ।
त्यसैगरी दोस्रो संस्करणको मिस टिन टुरिजममा रोजिना तिवारी, अस्मिता कलाखेती, पासाङ भोटे, रेबिका श्रेष्ठ, प्रेना शाही, वर्षा शाह, रचना श्रेष्ठ र अनमोल शर्मा गरी आठ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

स्टार वन इन्टरनटेनमेटले यो कार्यक्रम आयोजना गर्दै छ । यो संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार पर्यटन क्षेत्रलाई सघाउने उद्देश्यका साथ पर्यटनका लागि सँगसँगै भन्ने नारासहित यो प्रतियोगिता हुँदै छ । आगामी ११ चैतमा काठमाडौंमा एक समारोहबीच विजेता चयन गरिने छ । दुवै प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र बालकृष्ण पोखरेलको संयोजनमा हुँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वाधारमन्त्री लम्सालले रोहिणीबाट मन्त्रालय चलाउने