कृषन र अमन फाइनलमा

काठमाडौं । भारतका कृषन हुदा र अमन दहिया काठमाडौं आईटीएफ जुनियर जे–५ टेनिस च्याम्पियनसिपको सर्किट १ अन्तर्गत ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा कृषनले भारतका ध्रुभ ताङग्रीलाई ६–४ र ६–३ तथा अमनले भारतकै वंश भगतानीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्समा चीनकी झिन्तोङ झाव र भारतकी रिया उबोभेजाबीच फाइनल भिड्ने पक्का भएको छ । पुरुष डबल्समा मलेसियाका क्रिस्टियन अन्ड्रे सेङ लिउ र भियतनामका क्वोक भोको जोडी र भारतका आदित्य वर्धान रोय चौधरी र ध्रुभ ताङग्रीबीच फाइनल खेल हुनेछ । गल्र्स डबल्समा सिंगापुरकी डिनेछु र भारतकी रिया उबोभेजाको जोडी र अस्ट्रियाकी इनेस र चीनकी झिन्तोङबीत उपाधि भिडन्त हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा ५ दलित महिला सदस्य निर्बिरोध