५ सय करोड दिँदा पनि ओटीटीलाई दिइएन राधे श्याम

मुम्बई । अभिनेता प्रवासको नयाँ गीत ‘राधे श्याम’लाई डिजिटल प्लेटफर्म ओटीटीबाट रिलिज गर्न ५ सय करोड भारतीय रुपैयाँ दिइएको छ । यो फिल्म जनवरीमा रिलिज गर्ने भनिएको थियो । तर, भारतमा कोरोनाको महामारी बढेपछि यो फिल्मको रिलिज स्थगित गरिएको छ । ओटीटीबाट रिलिज गर्नका लागि ५ सय करोड रुपैयाँ दिइएकोमा निर्माण पक्षले अस्वीकार गरेको छ ।

यो फिल्मलाई निर्देशक राधाकृष्ण कुमारले डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने चाहना यसअघि देखाएका थिए । तर, अभिनेता प्रवासलगायतले हलमै फिल्म रिलिज गर्नुपर्छ भनेपछि भारतीय ५ सय करोड रुपैयाँ दिँदा पनि उनले यो फिल्म रिलिजको लागि दिएनन् ।

फिल्मलाई अहिले तेलुगु र हिन्दी भाषामा निर्माण गरिएको छ । अब यो फिल्ममा अन्य पाँच भाषामा पनि स्वरांकन गरिने भएको छ । प्रवास र पूजा हेगडेको मुख्य भूमिका रहेको यो फिल्मलाई अब हलमा रिलिज गरेपछि मात्र आफूले ओटीटी प्लेटफर्मबाट रिलिज गर्ने निर्देशक राधाकृष्णले बताएका छन् ।

यता अभिनेता प्रवासका अनुसार उनले निकै आशा गरेको यो फिल्म हलमा दर्शकले हेर्नुपर्ने चाहना व्यक्त गरेका छन् । सोही कारण पनि ५ सय करोड रुपैयाँ दिँदा पनि फिल्मलाई ओटीटी प्लेटफर्मबाट रिलिज नगरिएको रहेछ ।

तपाइको प्रतिक्रिया
(Visited 500 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने