खानेपानीको अभाव भएपछि १४ घर परिवार गाउँ माया मारेर तराई झरे


संखुवासभा । संखुवासभा जिल्लामा खानेपानीको चरम अभाव भएपछि तराईका जिल्लातिर बसाइँ सर्न क्रम तिब्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका –१० का विभिन्न गाउँका १४ परिवारले गाँउ छाडेका छन् । बर्षौदेखि खानेपानी अभाव भएको कारण चैनपुर –१० का १४ घरपरिवार बसाइँ सरेका हुन् ।

गाउँमा पानीको मुहान नहुदाँ पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् । पिलुवा खोलामा पानी लिन जादाँ २ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । सल्लेरी, कल्लेरी,इखुम्बा झिलझिले, साल विसौना र मलाटेका लगायतका गाउँमा खानेपानी अभाव भएपछि स्थानिय बसाइँ सर्न बाध्य भएका छन् । चैनपुरको १० नम्बर वडाबाट २ वर्षमा १४ घरपरिवार तराई वसाईसरेको वडाअध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए । गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई,पूर्णजीत जिमी,धनबहादुर जिमी,इन्द्र तामाङ,मंगल तामाङ बसाइँ सरेका छन् ।

कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल,राम तामाङ,गोविन्द कटुवाल,खगेन्द्र कटुवाल,याम बहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराई तिर बसाइँ सरेका छन् । त्यस्तै सल्लेरी गाउँबाट चतुरमान तामाङ,सिंहबहादुर राई,ज्ञान बहादुर राई लगायतको घरपरिवार वसाईसरेका हुन् ।

झिलझिले गाउँको टिकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाको करिब २५ सय घरधुरीमा खानेपानीको अभाव रहेको छ । खानेपानीको चरम अभाव भएको चैनपुर –१० मा बैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र,चैनपुर नगरपालिका र युनाईटेड वल्ड स्कुल्स नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएका छ । खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी,इखुम्बा,साल विसौना,सल्लेरी,झिलझिले लगायतका स्थानीयले खुसी ब्यक्त गर्दे चाडै सम्पन्न गरिदिन अनुरोध समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 473 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा