सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांकन फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ ।

सशस्त्र प्रहरीमा हाल साधारण उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । यसमा इन्सपेक्टरको सिसं ५ का एक र सिसं ६ का ५६ जना इन्सपेक्टर डीएसपी हुने भएका छन् । सिसं ५ का केशव अवस्थी कारबाहीमा परेकाले बढुवामा ढिलाइमा परेका हुन् ।

उता, सिसं ६ अन्तर्गत ९३ जना इन्सपेक्टर भएकोमा अहिले ८५ जना छन् । ८५ मध्येबाट ५६ जना डीएसपी बन्नेछन् । २१ फागुन २०६२ मा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका उनीहरू १६ वर्षसम्म पनि इन्सपेक्टरमै छन् ।

सशस्त्र प्रहरीमा अहिले एक डीआईजी पद रिक्त छ । गत ९ असारमा एक वर्ष पदावधि थप नभएकाले अवकाश पाएका प्रवीणकुमार श्रेष्ठको पद अहिलेसम्म पनि रिक्त राखिएको छ । उनले सर्वाेच्च अदालतमा दायर गरेको मुद्दा किनारा लागिसकेको छैन ।

२७ माघदेखि डीआईजीद्वय खड्ग राई र मन्दिप श्रेष्ठ पनि अवकाशमा जाँदै छन् । यो हिसाबले २७ माघदेखि सशस्त्रमा तीन डीआईजी पद रिक्त हुँदै छ । यस्तै, ११ जना एसपी पद रिक्त छ ।

लेखातर्फ भने एक डीएसपी पद रिक्त छ । जसमा सिसं ४ का राजकुमार ढकाल प्रत्याशी हुन् । लेखा शाखाका इन्सपेक्टर गणेश मल्ल पनि अर्का दाबेदार हुन् । सशस्त्र प्रहरीमा बेरुजु फस्र्योटमा उनले उल्लेख्य भूमिका खेल्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार