२९ जना सहसचिवको सरुवा

काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न मन्त्रालय, निकाय र प्रदेशका सहसचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सहसचिव यज्ञप्रसाद ढुंगेलको सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश हेटौंडाबाट रक्षा मन्त्रालय, श्रीकृष्ण नेपालको अर्थ मन्त्रालयबाट श्रम रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश, नेत्रप्रसाद सुवेदीको राष्ट्रिय किताबखानाबाट सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश, प्रेमराज गिरीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा भएको छ ।

यसैगरी, अणप्रसाद न्यौपानेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रदेश लोक सेवा आयोग, मधेस प्रदेश, महेश आचार्यको अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश, उद्धवप्रसाद रिजालको अतिरिक्त समूहबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ र ईश्वरकुमार गिरीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश १ विराटनगरमा सरुवा भएको छ ।

यसैगरी सहसचिव अनुज भट्टचनको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरबाट स्वास्थ्य मन्त्रालय, प्रदेश १, नवीनराज सिंहको जल तथा ऊर्जा आयोगबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रदेश १, माधवप्रसाद पोखरेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ बाट उद्योग, श्रम तथा रोजगार मन्त्रालय प्रदेश १, टेकबहादुर केसीको लोक सेवा आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, विनोदबहादुर कुँवरको सामाजिक विकास मन्त्रालय पोखराबाट प्रदेश लोक सेवा आयोग पोखरा, देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय गण्डकी, श्रीराम तिवारीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय गण्डकीमा सरुवा गरिएको छ । यस्तै, जक्की अहमद अन्सारीको खानेपानी मन्त्रालयबाट पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेश, वैकुण्ठ अधिकारीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषि मन्त्रालय लुम्बिनी प्रदेश, रामशरण सापकोटाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश, रामहरि ज्ञवालीको अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, जगदीश्वर कर्माचार्यको वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कर्णाली प्रदेश, महेशचन्द्र न्यौपानेको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, बलराम निरौला अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बाग्मती प्रदेश, राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय जनकपुर, नारायण सापकोटा अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

त्यस्तै, प्रेमलाल लामिछानको रक्षा मन्त्रालय वा अन्तर्गतबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, यमप्रसाद भुसालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, कुमारप्रसाद दाहालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र डा. शान्ता कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनीबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता