चीनमा कोरोना भाइरसको महामारी सकियो : राष्ट्रिय स्वास्थ्य आयोग

बेइजिङ । घातक कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको चीनमा संक्रमणको उच्च विन्दु पार भएको बेइजिङले जानकारी गराएको छ । विश्व संगठनले कोरोना भाइरस संक्रमणको समस्या विश्वव्यापी महामारी बनेको घोषणा गरेको केही घण्टापछि चीनले आफ्नो देशमा महामारीको अवस्था पार गरेको जनाएको हो ।

कोभिड–१९ संक्रमणका नयाँ बिरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराए । उनले भने, ‘चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरस संक्रमणको प्रभाव निकै तल झरेको छ ।’

मीले भने, ‘चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ संक्रमण पुष्टिका घटना एक अंकमा भरेको छ ।’ वुहानमा नयाँ संक्रमणको संख्या बुधबार आठ व्यक्तिमा सीमित भएको उनले पुष्टि गरे । ‘हुबेईका अन्य सहरमा पनि संक्रमितको संख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘हुबेईबाहिर मुख्यभूमि चीनमा कुल सात नयाँ व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन् ।’

चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय संक्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उनको भनाई थियो । विश्व स्वास्थ्य संगठनले बुधबार कोभिड–१९ संक्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ भनेपछि चीनको भने यस्तो धारणा आएको छ ।

बुधबारसम्ममा विश्वभर एक लाख २७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने १ सय १४ मुलुकमा फैलिएको कोरोना भाइरस संक्रमणको समस्याका कारण चार हजार ७ सय १७ जनाले जीवन गुमाएका संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले जेनेभामा गरेको पत्रकारसम्मेलनमा बताए ।

आगामी केही दिन (हप्ता) कोरोना भाइरस संक्रमण, संक्रमणका कारण मृत्यु र प्रभावित मुलुकहरूको संख्या अझै बढ्ने सम्भावना रहेको उनले बताए । प्रवक्ता मीले भने, ‘चीनले हालैका दिनमा विश्वव्यापी संक्रमण विस्तारलाई नजिकबाट नियालेको र संक्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाप र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ ।’

सिनजियाङमा रेलसेवा सुरु

चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः सुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको संक्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए ।
सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तिव्रगतिको बुलेट ट्रेनको सेवा सुरु भएको रेल अधिकारीले बताएका छन् । चाइना रेलवेका अनुसार अरु कम गतिका रेलको सेवा पनि चाँडै सुरु हुनेछ ।

सिनजियाङ रेलवे अधिकारीले यात्रुले अनलाइन वा रेलवे स्टेशनमै आएर टिकट किन्न सक्ने बताएका छन् । सिनजियाङका उद्योग धन्दा सबै पूर्णक्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ ।

सिनजियाङमा लगातार २३ दिनसम्म कोरोनाभाइरसका एक जना पनि रोगी फेला परेका छैनन् । स्थानीय सरकारले कोरोनाभाइरसको सङ्क्रमण सिनजियाङमा देखानपरेको भन्दै आपतकालीन स्थितिलाई हटाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 579 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो