झापाका ‘युट्युबर’ भक्तपुरबाट पक्राउ

काठमाडौं । ख्यालठट्टाका नाममा सर्वसाधारणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियोगमा प्रहरीले झापा बिर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाईँलाई पक्राउ गरेको छ ।
प्रचलित कानुनको बर्खिलाप गर्दै ख्यालठट्टाका नाममा गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेको भन्दै प्रहरीले मंगलबार सेढाईंलाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो ।

उनलाई बुधबार जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्युरो’ले जनाएको छ । सरकारले गत १३ माघमा सार्वजनिक स्थलमा खिचिएका प्रांक भिडियो सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्नेलाई कारबाहीको दायरामा ल्याउने घोषणा गरेसँगै साइबर ब्युरो सक्रिय भएको हो ।

गृह मन्त्रालयले सार्वजनिक स्थलमा छायांकन गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवं व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न आग्रह गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

epaper

ताजा समाचार

सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ