१४ वर्षपछि हत्यामा संलग्न बाबु छोरा पक्राउ

राजविराज, सप्तरी । १४ वर्ष अघि एक व्यक्तिलाई गोली हानेर हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा सुनसरीको इनरुवा नगरपालिका ९ स्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा सप्तरी र सुनसरी प्रहरीको संयुक्त टोलीले बिहिबार दिउँसो गोली प्रहार गर्ने सप्तरीको तिरहुत गाउपालिका ३ डिमन निवासी ५३ वर्षिय सुकदेव यादव र ३७ वर्षिय बिनोद कुमार यादवलाई पक्राउ गरेको हो । उनीहरु नातामा बाबु छोरा हुन् ।

सोही वडा निवासी ३० वर्षिय दिलिप कुमार यादवको २०६२ असोज १७ गते साँझ हत्या भएको थियो । घटना लगत्तै फरार भएका दुबैलाई हत्या अभियोगमा नियन्त्रणमा लिइएको डिएसपी तिलक भारतीले बताए । पक्राउ परेका दुबै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

बजारबाट घर फर्किने क्रममा यादवमाथी गोली प्रहार भएको थियो । डिएसपी भारतीले हत्या काण्ड’bout थप अनुसन्धान थालिएको बताए । पुराना र जघन्य अपराधको अनुसन्धानलाई तिब्रता दिएपछि सफलता मिल्दै गएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईको भनाई छ ।

अदालतबाट सजाय तोकिएका तथा अनुसन्धानका क्रममा फरार भएका मध्ये विगत तीन महिनाको अवधीमा प्रहरीले ७९ जनालाई पक्राउ गरि अदालत समक्ष बुझाइसकेको छ ।

यसैबीच बिहीबारै प्रहरीले भन्सार छलेर भारतबाट ल्याउँदै गरेको ४३ हजार मुल्य बराबरको रेडिमेड कपडा बरामद गरेको छ ।

सवारीसाधन चेकजाँचको क्रममा पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको महुली खण्डमा एक यात्रुबाहक बसबाट सो परिमाणको कपडा बरामद गरि भन्सार कार्यालयलाई बुझाइएको जिलला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ