मास्कको उचित प्रयोग यसरी गर्नु पर्छ

मास्क लगाउँदा नाकमुख पूर्णरूपमा छोपिनेगरी टम्म मिलाउनुपर्छ

हरेक कोरोना महामारीको लहरमा चर्चामा आउने एसएमएस तर सचेतना नपुग्ने एम अर्थात् माउथ मास्क’bout संक्रमणका बेला मात्र नभई अन्य समयमा समेत अनगिन्ती संक्रमण र प्रदूषणबाट जोगिन उचित प्रयोग गरिरहनपर्ने मास्क’bout आज चर्चा गरांै । कोरोना महामारीअघि काठमाडांैमा धुलो, धुँवाबाट जोगिन हरेक १० मा ३ ले मास्क लगाउने गर्थे । कोरोनाको उच्चतम संक्रमणको अवस्थामा समेत जोगिने न्यूनतम उपाय मास्क लगाउने ७२.१ प्रतिशतले मात्र मास्क लगाउने पालना गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनमा देखिएको थियो । परिषद्ले व्यक्तिगत र संस्थागत गरी ७ हजार २ सय ५ जनामा गत साउन ९ देखि १ साता गरेको अध्ययनमा व्यक्तिगत तहमा मास्क लगाए नलगाएको, मास्कको प्रकार र मास्क लगाउने तरिकाको अवलोकन गरिएको थियो । व्यक्तिगत रूपमा ४ हजार ५ सय २ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएको र सार्वजनिक स्थलमा २ हजार ७ सय ३ जनामा ७२.६६ प्रतिशत सही तरिकाले मास्क लगाएका भेटिएका थिए ।

सार्वजनिक स्थानमा नाकमुनि वा चिउडोमा मास्क लगाउने, घाँटीमा हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउने २७.३४ प्रतिशत भेटिएको थियो । हाल संक्रमण नै घटेका बेला मास्क लगाउने त्यसैमा उचित तरिकाले ज्यादै न्यून छ ।

थुकबाट भाइरस प्रसार रोक्न मास्क

संक्रमितले बोल्दा मुखबाट निस्किने ससाना छिटाबाट भाइरस अर्काे व्यक्तिमा सजिलै सर्ने सम्भावना बढी हुने सीडीसीको भनाइ छ । लक्षण नदेखिएकाबाट अन्यमा भाइरस सर्ने सम्भावना झनै बढी रहन्छ । मुखबाट निस्कने छिटा १० देखि १२ मिनेटसम्म हावामा रहिरहने भए पनि जति नजिक भयो त्यति नै भाइरस सर्ने जोखिम बढ्छ । त्यसैले कम्तीमा ६ फिटको दूरीमा बस्न तैपनि मास्क लगाएर मात्र संवाद गर्न वैज्ञानिक आग्रह गर्छन् । भाषण वा ठूलो स्वरमा बोल्दा मुखबाट हजारौंको सख्यामा थुकका छिटा बढी निस्किन्छन र टाढासम्म पुग्ने गर्छन् । नजिकै गएर कुरा गर्दा स्वस्थ व्यक्तिमा भाइरस सर्ने जोखिम बढ्छ ।

चिउँडो र टाउकोमा मास्क झनै जोखिम

सरकारले घरबाहिर मास्कको अनिवार्यता गरेपछि सबैले नेपालमा मास्क लगाउन थालेका हुन् । तथापि अधिकांशले मास्कको सही प्रयोग गरेको देखिँदैन । केहीले टाउकोमा त केहीले घाँटीमा लाएको, कसैले हातमा झुन्ड्याउने र प्रायःले कुराकानी गर्दा मास्कलाई चिउँडोमुनि पु¥याएको पनि दखिन्छ । एउटै मास्कलाई कहिले हातमा, कहिले टाउकोमा, कहिले कानमा त कहिले चिउँडोमा राख्दा र पुनः प्रयोग गर्दा संक्रमणको जोखिम रहने र बढ्नेहुन्छ । लकडाउन खुकुलो तथा संक्रमित कम सख्यामा पहिचान भएकालाई हल्का रूपमा लिँदै संक्रमणको जोखिम घटेको तथा नरहेको अर्थमा बुझेका छन् । घरबाहिर निस्कदा, किनमेल गर्दा, भीडभाडमा, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मास्क नलगाउने, लगाए पनि खोल्ने, पटकपटक हातले छुने गरेका घटना बग्रेल्ती देखिन्छन् ।

प्रभावकारिता

कोभिड संक्रमण नियन्त्रणका लागी भ्याक्सिन नै अन्तिम उपाय भएको बताइरहेका बेला सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले कोरोना भाइरस नियन्त्रणका लागि खोपभन्दा मास्कको उचित प्रयोग बढी सुरक्षित, प्रभावकारी हुने बताउँदै आएका छन् । बीएमजी ग्लोबल हेल्थमा प्रकाशित अध्ययनमा कामको समयमा मास्क प्रयोग गर्दा संक्रमण निकै कम पाएको छ । चीनको बेइजिङमा घरायसी काम गर्दा मास्क प्रयोग गर्नेमा गरिएको खोजमा महामारी पहिलेदेखि नै मास्क लगाउने गरेकामा संक्रमण ७९ प्रतिशत कम देखिएको थियो । आईजेडीएले जर्मनीको केही क्षेत्रमा गरेको अर्काे अध्ययनमा मास्क अनिवार्य गरिएको १० दिनमा संक्रमणको दर २.३ देखि १३ प्रतिशतसम्म घटेको पाइएको थियो ।

संक्रमण मात्र नभई वायुप्रदूषणसमेत मास्क प्रयोगले रोक्ने गर्छ । विश्व स्वास्थ्य संगठनले विश्वमा अकालमा मृत्यु हुने नौमध्ये एक जनाको ज्यान प्रदूषणले ल्याएको रोगव्याधी, रक्तचाप, मुटु, स्वासप्रस्वास, फोक्सोको क्यान्सरसम्बन्धी बिमारीबाट जाने गरेको बताउँछ । प्रदूषणको प्रत्यक्ष असरबाट मृत्यु हुने मानिसको संख्या ४२ लाख र अप्रत्यक्ष कारण जोड्दा ७० लाख बढी छ । गुणस्तरीय मास्कको प्रयोगबाट ८० प्रतिशतसम्म प्रदूषण छल्न सकिन्छ र त्यसबाट उत्पन्न हुने जटिलता र मृत्यु रोक्न सकिन्छ ।

मास्क नलगाउनेलाई नियन्त्रणमा

असार २२ गते गृह मन्त्रालयले मास्क नलागाई घरबाहिर निस्कने, हिँडडुल गर्ने, सेनिटाइजर प्रयोग नगर्ने र दुई मिटर सामाजिक दूरी कायम नगर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार तत्काल पक्राउ गर्न प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । मास्क नलगाई घरबाहिर निस्कने गरेमा एकपटकमा १ सय रुपैयाँ जरिमानामा हजारांै परे, जसको नागरिक अगुवादेखि मानवअधिकारसँग संगठनले विरोध गरे र अदालतमा मुद्दा पनि प¥यो । स्वास्थ्य, गृह मन्त्रालयबाट बारम्बार आग्रह गरिए पनि पालनामा संक्रमणकै बेला उचित प्रयोग तथा प्रयोग शतप्रतिशत देखिने गर्दैन र सबैलाई चिन्ता बन्ने गर्छ । महामारीका बेला आकर्षित हुने ऐन भनेको संक्रामक रोग ऐन २०२० नै हो जुन त्यति धेरै कडा छैन ।

विकल्पमा सुतीको मास्क

ग्रामीण क्षेत्रमा सर्जिकल मास्क पाउन मुस्किल तथा बजारमा गुणस्तरहीन मास्क बिक्रीवितरण भइरहेका बेला कपडाको तीन तह भएको मास्क कोरोना भाइरसलगायतको संक्रमणको प्रसारलाई तथा प्रदूषण उत्पन्न जटिलता र मृत्यु रोक्न उपयोगी छ । एकपटक उपयोग गर्नुपर्ने मास्क बढीपटक लगाउनुभन्दा सुरक्षित सुती कपडाको मास्क दैनिक धोएर पुनः प्रयोग गर्नु राम्रो हो । कपडाको मास्कलाई दिनहुँ साबुनपानीले धोएर घाममा सुकाएपछि सम्भव भए इस्त्री गरेर लगाउनु सबैभन्दा राम्रो हो । सर्वसाधारणलाई सस्तो र सहज उपलब्ध कम्तीमा बाहिरी कडा र भित्री नरम दुई तह भएको सर्जिकल मास्क नभए कपडाको मास्क त्यो पनि नभए मुख छोपेर हिँड्न प्रयोगमा प्रेरित गर्नुपर्दछ । धोएर लगाउँदा धुलोका तथा पानीको कण छान्न सक्ने क्षमता २० प्रतिशतसम्म ह्रास आउने गर्छ ।

प्रयोगको सही तरिका

साधारण सर्जिकल मास्क लगाउँदा मास्कमा भएको डन्डीको भाग नाकको डाडीमाथि पर्नेगरी लगाउने, लगाइसकेपछि मास्कको डन्डीको भागलाई बाहिरबाट अलिकति थिच्ने । यसले बाहिर भएका किटाणुहरूलाई सजिलै प्रवेश गर्न दिँदैन । मास्क निकाल्दा अनुहारमा सकेसम्म कम छोएर कान्छी औंला मास्कको इलास्टिक भागमा छिराई बिस्तारै निकाल्नुपर्छ । मास्क प्रयोगअघि र खोलिसकेपछि अनिवार्य साबुनपानी वा अल्कोहलयुक्त सेनिटाइजरले हात सफा गर्नुपर्छ ।

मास्क लगाउँदा नाकमुख पूर्ण रूपमा छोपिनेगरी लगाउनुहोस् र कतैबाट पनि चर नपर्ने गरी टम्म मिलाउनुहोस् । लगाएको मास्कलाई हातले नछुने, यदि छोइएमा तुरुन्त साबुनपानी वा अल्कोहलयुक्त सेनिटाइजरले हात धुनुहोस् । मास्क भिजेपछि विशेषगरी थुकका छिटाले छिटोभन्दा छिटो नयाँ मास्क फेर्नुहोस्, यसो गर्दा मास्कको डोरीमा समाएर खोल्नुहोस् अनि सुरक्षित तरिकाले उचित स्थानमा बिसर्जन गरी हात धुनुहोस् । तथापि लगातार मास्कको प्रयोगले एलर्जी आउने, चस्मा बाफले भरिने, छालामा इरिटेसन हुने र सर्जिकल, एन ९५ र कपडाको मास्कले आँखा सुक्खा, रातो, बिझाउने, जलन र दृष्टि धमिलो हुने समस्या देखाउन थालेको युटा विश्वविद्यालयको खोजमा छ, त्यसको रोकथाम र परामर्श लिन ढिलो गर्नुहुँदैन ।

अन्तमा, वैज्ञानिक आधारअनुसार कुनै खोपले शतप्रतिशत जोखिम रोक्दैन । तर, संक्रमणको जोखिम बिस्तारै घट्दै जान्छ । सामाजिक आधारमा सबैमा एन्टिबडी नबने, जोखिम समूह र भिडमा खोप नलगाएका पनि प्रशस्तै हुन सक्छन् । सबैको परीक्षण गर्न सम्भव पनि हुँदैन र लक्षणविहीन संक्रमितहरूको परीक्षण नभएको र खोप लगाएकामा एन्टिबडी नबनेको हुन सक्छ । त्यसैले कमसेकम वायु प्रदूषण, स्वास प्रश्वासजन्य, ब्याक्टेरियल, भाइरल संक्रमणबाट बच्न मास्कको उचित प्रयोग नै सबैभन्दा उत्तम विकल्प भएकाले माउथ मास्कको उचित प्रयोगलाई दैनिकी नै बनाउन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देशकै पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष घलेको के छ योजना ?