विवाहमा कुटपिट हुँदा एक जनाको मृत्यु

कैलाली । कैलालीको भजनी नगरपालिका–९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरी रहेका छन् । आतइतबार राति कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो ।

विवाद चर्कदै गएपछि कुटपिटहुँदा बसन्तका गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न