एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीलाई अघि बढाउनेसहितका मुख्य चार विषयमा ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।

निशानामा सभामुख

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी सहयोग परियोजना संसद्बाट रणनीतिक योजनाबाट पास गर्नेसहितका विषयमा ‘वान टु वान’ वार्ता भएको थियो ।

सो भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सत्तारूढ दलमा नै एमसीसीका विषयमा फरक मत रहँदै गर्दा नै सरकारले संसद्मा एमसीसी टेबल गरेको र पास गर्नैपर्ने दबाब आफूमाथि रहेको भन्दै सहयोगका लागि ओलीसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाको एमसीसीमा सहयोगको आग्रहपछि ओलीले सभामुखको व्यवहार र आफ्नो दलले कारवाही गरेका १४ सांसदको कारबाही, प्रधानन्यायाधीश प्रकरण र सत्ता गठबन्धनको विषयलाई उठाएका थिए ।

प्रधानमन्त्री देउवाले भने एमसीसीमा सहमति नभए गठबन्धन अघि बढ्न नसक्ने अवस्था बनेको र त्यही कारण एमालेको सहयोग मागेको बताएका थिए ।

तर, ओलीले भने आफ्नो दलको मुख्य असहमति नै १४ सांसदलाई जोगाउने सभामुखको व्यवहारप्रति केन्द्रित रहेको भनेका थिए । उनले सभामुखको विकल्प नै आफ्नो दलको प्रधान सर्त भनेका हुन् ।

‘प्रधानमन्त्री र एमाले अध्यक्षबीच चार विषयमा छलफल भएको हो, एमसीसी पास गर्न एमालेले साथ दिने अवस्थामा एमालेका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक रहने जवाफ दिनुभएको छ, ती विषयमा एक किसिमको जेन्टल एग्रिमेन्ट नै भएको छ, अब एमसीसी रणनीतिक योजनाबाट पास हुन्छ,’ स्रोतले राजधानीसँग भन्यो ।

भेटवार्ताका क्रममा एमाले अध्यक्ष ओलीले सभामुखको विकल्प नै आफ्नो दलको मुख्य एजन्डा भएको प्रधानमन्त्री देउवालाई पटकपटक सुनाएका थिए । यस्तै, आफूहरूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने पनि एमालेको अडान रहेको थियो ।

एमालेले गत २३ भदौबाट नै प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आइरहेको छ । माधव नेपालसहितका १४ सांसदमाथिको कारबाहीको सूचना संसद्मा टाँस नगरेकोप्रति एमाले सभामुखसँग रुष्ट रहँदै संसद् बैठक अवरुद्ध गर्दै आएको हो ।

तर, बिहीबार बस्ने संसद् बैठकमा भने एमालेले एमसीसी परियोजनासम्बन्धी प्रस्तावलाई छलफल गर्दै पास गर्न दिने गरी संसद्मा रणनीतिक रूपमा प्रस्तुत हुने सहमति प्रधानमन्त्री र एमाले अध्यक्षबीच भएको छ । सो रणनीतिअनुसार एमालेले आफ्नो विरोधलाई पनि कायम राख्नेछ भने एमसीसी पास गर्ने गरी सरकारलाई अन्तिम समयमा साथ दिने बताइएको छ । सो अवस्थामा कसरी अघि बढ्ने भन्ने’bout भने प्रमुख सत्तारूढ नेपाली कांग्रेस र एमालेका दोस्रा तहका नेताहरूले मोडालिटी बनाइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा संसद्मा रहेका दल एमालेले भने आधिकारिक रूपमा एमसीसीका विषयमा कुन रूपमा कसरी अघि बढ्ने भन्ने केही खुलाइसकेको छैन ।

गृहमन्त्रीको दौडधुप
मंगलबार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तापछिको अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाँण बुधबार ओलीको बालकोटस्थित निवास पुगेका थिए ।

मंगलबार भएको छलफल र त्यसपछि एमसीसीमा एमालेले लिने नीतिका विषयमा बुझ्न गृहमन्त्री खाँण ओली निवास पुगेका हुन् ।

‘मंगलबार भएको छलफलपछिको अवस्था’bout बुझ्न र थप रणनीति बनाउन गृहमन्त्रीज्यू ओली निवास जानुभएको हो, अन्य दलका नेताहरूसँग पनि उहाँको भेटघाट बाक्लो छ,’ सत्तारूढ दल नेपाली कांग्रेसका एक नेताले भने ।

त्यसअघि गृहमन्त्री खाँण बुधबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवास पुगेका थिए । सो क्रममा उनले एमसीसीमा माओवादीले लिने नीति सरकारले कुरिरहेको दाहाललाई भनेका थिए ।

माओवादी अध्यक्ष–सभामुख भेट
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सभामुख अग्निप्रसाद सापकोटासँग बुधबार साँझ भेटवार्ता गरेका छन् । बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीको थप प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेका बेला दाहालले सभामुखसँग भेटवार्ता गरेका हुन् ।

लैनचौरस्थित सभामुख निवासमा दाहाल र सभामुख सापकोटाबीच कुराकानी भएको हो । सभामुखसँग दाहालले छलफल गरिरहेका बेला माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठ पनि पुगेका थिए । त्यसपछि सभामुख, दाहाल र श्रेष्ठबीच छलफल भएको एक नेताले बताए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्रले बिहीबारको बैठकबाट नै सरकारले एमसीसीको टुंगो लगाउने तयारी गरेपछि सभामुखसँग गरेको छलफललाई महत्वकासाथ हेरिरहेको छ ।

कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप
नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई बिहीबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालका अनुसार अमेरिकी सहयोग परियोजना (एमसीसी)’bout प्रतिनिधि सभामा छलफल सुरु हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो ।

उपत्यका बाहिर रहेका र काठमाडौंमा रहेका सबैलाई बिही’boutको बैठकमा अनिवार्य रूपमा उपस्थित हुन ह्वीप जारी गरिएको भुसालले बताइन् । महत्वपूर्ण छलफल भएकाले सांसद्हरूलाई अन्य कार्यक्रममा व्यस्त नहुनका लागि यस्तो निर्देशन जारी गरिएको उनले बताइन् । गत आइतबार संसद्मा सरकारले एमसीसी टेबल गरेको छ र बिहीबारको बैठकमा यस’bout छलफल गर्ने तयारी रहेको छ ।

यसैगरी, सत्ता गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरूले एमसीसी पास गर्न नसकिने निर्णय गरेका छन् । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 486 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म