कोरोना’bout सचेत हुँदै चलचित्रको छायांकन

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले चलचित्रकर्मीहरूलाई केही समय चलचित्रको छायांकन रोक्न आग्रह गरेको छ । सो आग्रहलाई मान्दै केही चलचित्रले आफ्नो छायांकन समय केही पछि सारेका छन् । छिमेकी मुलुक, भारत, चीनदेखि युरोप र अमेरिकाले यतिबेला फिल्मको छायांकन रोकेको छ । हलिउडको मिसन इम्पोसिबल ७ सहित विभिन्न चलचित्रको छायांकन बीचमा स्थगित गरिएको छ ।

यसैक्रममा केही चलचित्रकर्मी भने आफ्नो फिल्मको छायांकनमा उत्रिएका छन् । उनीहरूले कोरोना भाइरसविरुद्ध सचेतना अपनाउँदै चलचित्र छायांकनमा उत्रिएको जिकिर गरेका छन् ।

दुई साताअघि चलचित्र परदेशी २ को छायांकन धमाधम भइरहेको छ । यो चलचित्रको छायांकन ४० प्रतिशतभन्दा बढी सकिएको छ । आफूहरूले कोरोना’bout पूर्ण सचेतना अपनाएर चलचित्रको काम अघि बढाएको निर्देशक नारायण रायमाझीले बताएका छन् । आगामी दसैंमा आउने भनिएको यो चलचित्रको चैत दोस्रो सातासम्म छायांकन सक्ने लक्ष्य निर्माण पक्षको छ ।

यता अनमोल केसी र सुहाना थापाको चलचित्र ‘ए मेरो हजुर ४’को पनि गत साताबाट पोखरामा छायांकन भइरहेको छ । यो चलचित्रलाई झरना थापाले निर्देशन गरिरहेकी छन् । परदेशी २ आगामी दसैंमा रिलिज हुने भनिएको अवस्थामा ‘ए मेरो हजुर ४’ लाई पनि दसैंको छेका पारेर रिलिज गरिने भनिएको छ । निर्देशक झरना थापाका अनुसार चलचित्र ‘ए मेरो हजुर ४’ टिमले कोरोनाविरुद्ध पूर्ण रूपमा सचेतना अपनाएको छ । चलचित्रको युनिटलाई अरूसँग घुलमिल हुन दिइएको छ ।

यसैक्रममा अर्को चलचित्र ‘२ नम्बरी’को पनि छायांकन सुरु भएको छ । यो चलचित्रको बिहीबारबाटै पोखरादेखि छायांकन सुरु गरिएको हो । यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । चलचित्रलाई ३५ दिनमा छायांकन सक्ने र सम्पूर्ण छायांकन पोखरा आसपासमै गरिने पनि निर्माण पक्षको कथन छ । यो चलचित्रका मुख्य दुई कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेन अहिले छायांकनमा छन् । चलचित्रका मुख्य दुई कलाकार पल शाह र वर्षा राउत एक सातापछि मात्र फिल्मको छायांकनमा जानेछन् ।

यो चलचित्रका निर्देशक दीपेन्द्र लामाले आफूहरूले कोरोना भाइरसविरुद्ध पूर्ण सचेतना अपनाएको बताएका छन् । चलचित्रको प्रदर्शन मिति ६ महिना बाँकी रहेकाले आफूहरू सुटिङमा उत्रिएको पनि लामाले बताए । उनका अनुसार यो चलचित्र आउँदो वर्षको जनैपूर्णिमाबाट प्रदर्शन हुनेछ । रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको यो चलचित्रको प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ यो चलचित्रको कार्यकारी निर्माता हुन् ।

यसै प्रसंगमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल सरकारले सभासमारोह नगर्न, भिडभाडमा सहभागी नहुन आमनागरिकलाई अपिल गरिरहेको बेला निर्माता संघले कोरोनाबाट आफूलाई बचाउन अपिल गरेका छन् । सोही कारण चलचित्रको छायांकन रोक्न आग्रह गरिएको उनले बताएका छन् ।

कोरोनाको उच्च जोखिममा रहेको मुलुक नेपालमा पनि चलचित्रको छायांकन रोकेर सचेत हुन आफूहरूले अनुरोध गरेको अध्यक्ष अधिकारीको भनाइ छ । हलिउडलगायत थुप्रै युरोपियन मुलुकले छायांकन रोकेको अवस्थामा निर्माता संघले पनि यस्तो पहल गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र