प्राइम बैंकको एकीकृत कारोबार

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोबार थालेको हो । प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोबार सुरु भएको घोषणा गरेका हुन् । कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो ।

कैलाशको १०० कित्ता सेयरबराबर प्राइमको ९४ कित्ता सेयर रहने गरी समझदारी भएको थियो । नेपाल राष्ट्र बैंकले १८ फागुनमा प्राइमलाई एकीकृत कारोबार गर्न स्वीकृति दिएको थियो । कैलाशको प्राप्तिपश्चात् प्राइमको कुल चुक्ता पुँजी १३ अर्ब ९७ करोड पुगेको छ । यस्तै कुल निक्षेप १ खर्ब ३० अर्ब, ऋण लगानी १ खर्ब १५ अर्ब पुगेको छ । यसैगरी, शाखा संख्या १ सय ९९ र कर्मचारी संख्या १ हजार ५ सय पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलाममा एमालेका तीनजना निर्विरोध