‘बुद्धि बिग्रिएपछि कसको के लाग्छ ?’

पोखरा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दशा लागेकाले आफ्नो नेतृत्वको झन्डैको दुई तिहाइको सरकार ढलेको टिप्पणी गरेका छन् । ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोकाबाहिर पर्खिएर बसेका हुन्छन्, भित्रबाट प्रसाद आउँछ कि भनेर’ उनले भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नुहुँदैन ।’

प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभई पाँचवटा गठबन्धनरूपी बाच्छा जन्मेको टिप्पणी गरे । ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताए । सेटिङमा सबै भइरहेको दाबी गर्दै उनले जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको बताए । उनले भने, ‘अहिले लोकतन्त्रको पक्षमा होइन । सेटिङमा सबै काम भइरहेको छ । एक जना न्यायाधीशले अमेरिकाबाट इमेल लेख्छन्, केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधानबाहिर गएर फैसला लेख्नुपरेको हो ।’

दाहाल र नेपाललाई दशा लागेको ओलीको टिप्पणी

अहिलेको राजनीतिक दुई धारमा बाँडिएको उनको भनाइ छ । उनले देशको अर्थतन्त्र ध्वस्त पार्ने काम भइरहेको दाबी गर्दै देश बिग्रन नदिन कति बलिदानी दिनुपर्ने हो ? भनी प्रश्न गरे । उनले जनतालाई अल्मल्याउने काम गर्नुहुँदैन भन्दै आगामी निर्वाचनले सत्यको सम्मान गर्ने विश्वास व्यक्त गरे ।

उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरूको समय बर्बाद बनाउने खालको हुन नहुने सुझाव पनि दिए । ‘समय प्रविधिमय छ, हामी ट्वीटर, फेसबुक, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरूको समय बर्बाद बनाउनुहुँदैन,’ उनले भने, बरु सूचना, ज्ञान दिनेखालको हुनुपर्छ ।’ उनले जीवन उत्पादनमूलक, उपयोगी, समूचित ढंगले जिउनुपर्छ भने । उनले हाम्रो लेखाइ केही अर्थ दिनेखालको हुनुपर्छ भन्दै सोही ढंगले कलम चलाउन पत्रकारलाई सुझाव दिए । उनले भने, ‘देश, जनता र समाज परिवर्तन गर्नेखालको उत्पादनमूलक हुनुपर्छ । हाम्रो बुद्धिको सदुपयोग गर्नुपर्छ । कलमका सदुपयोग गर्नुपर्छ ।’

स्वतन्त्रताको नाममा पितपत्रकारिता गर्नु बेइमानी हुने भन्दै एमाले अध्यक्ष ओलीले निष्ठाको पत्रकारिता, कत्र्तव्यको पत्रकारिता, विकासको पत्रकारिता गर्नुपर्ने सुझाव दिए । उनले राज्यको चौथो अंगबाट राष्ट्रको जिम्मेवारी वहन गर्न प्रेस चौतारीको महाधिवेशनले एकताको सन्देश देओस् भनी सदीक्षा व्यक्त गरे ।

उनले अहिलेको युगमा रामराज्यको व्याख्या गरेर खासै स्वाभाविक नहुने बताए । ‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पत्ति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,? ओलीले भने, ‘रामराज्य कस्तो थियो ? कसैलाई थाहा छैन । सत्ययुग, त्रेतायुग, द्वापरयुग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कनुपर्छ ।’

‘रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्षमणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,’ उनले भने, ‘कपडा बनिसकेको थिएन । अरू सबै होहल्ला हुन् तर आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।’

एमाले महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष दाहालको छेपारे चरित्रले छेपारो नै लजाउने गरेको आरोप लगाए । संगठनमा अराजकता मौलाउँदै जाँदा उनीहरू विभाजनको बाटोमा लागेको उनको भनाइ थियो । उनले भने, ‘नेकपाको कारण विभाजन भएको होइन, उनीहरूको अन्तरवादी सोचका कारण विभाजित भएको हो । उनीहरू अहिले देउवालाई नेता मानेका छन् ।’ उनले लोकतन्त्रविरुद्ध षड्यन्त्र भएको बताए । उनले कर्पोरेट हाउसले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको भन्दै यसको निराकरण हुनुपर्नेमा जोड दिए ।

एमाले सचिव पद्मा अर्यालले एमालेलाई ढलाउन सबै शक्ति लागेको आरोप लगाइन्् । उनले पार्टीको मूल विचारलाई मिडियाले जनतासमक्ष पु¥याउनुपर्छ भनिन् । आगामी वर्ष हुने तीन तहको चुनावमा पार्टीको पक्षमा जनमत निर्माण गर्न दृढतासाथ लाग्न चौतारीका सदस्यलाई निर्देशन दिइन् ।

गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको चौथो अंग मजबुद बनाउनुपर्नेमा जोड दिँदै गण्डकीले सञ्चारमैत्री विधेयक पारित गर्ने आश्वासन दिए । उनले गण्डकीमा विभिन्न ६ जिल्लाका पत्रकार महासंघको भवन निर्माणमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको दोहो¥याए ।

प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहितामा रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै काउन्सिल यस विषयमा संवेदनशील रहेको बताए ।

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले राज्यले कानुनलाई अझै पनि प्रेस स्वतन्त्रतामैत्री बनाउन नसकेको टिप्पणी गरे । उनले पछिल्लो समय राष्ट्रिय प्रसारण ऐन संशोधन गरेर घरको वाइफाई बन्द गर्नुपर्ने अवस्थामा पु¥याएको बताए ।

बान अध्यक्ष उज्वल चौलागाईंले प्रेस स्वतन्त्रताको लडाइँ अझै पनि जारी रहेको बताए । फोनिज अध्यक्ष डण्ड गुरुङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध कार्य आफूहरूलाई मान्य नहुने बताए । उनले न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गरिएकोमा रोष प्रकट गरे ।

सञ्चारिका समूह अध्यक्ष नीतु पण्डितले समानुपातिक सहभागिता नेतृत्वमा जोड दिइन् । उनले राज्यले हरेक क्षेत्रमा महिला सुनिश्चिता गरे पनि पत्रकार विभिन्न संगठनमा अझै पनि समूचित रूपमा उपस्थित हुन नसकेको गुनासो गरिन् ।

चौतारी अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष माधव नेपालले स्वागत र महासचिव राजेश राईले सञ्चालन गरेका थिए ।

पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा बद्री पंगेनी, जनसांस्कृतिक मञ्चलगायतले सांकेतिक प्रस्तुति दिएका थिए । पहिलो दिन लेखा परीक्षक पुष्पराज कँडेलले प्रशिक्षण दिएका छन् भने चौतारीका महासचिव राजेश राई र कोषाध्यक्ष इन्द्रप्रसाद आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी सो’bout छलफल भएको छ ।

महाधिवेशनले १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ । चैतारीमा अध्यक्षसहित चार उपाध्यक्ष, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने प्रस्ताव गरिएको र केन्द्रीय कमिटीको संख्या अझै घटाउने’bout पनि छलफल भएको महाधिवेशन संयोजक गणेश पाण्डेले बताए ।

सम्पादक पण्डित पुरस्कृत
राजधानी दैनिकका सम्पादक सागर पण्डित डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन अवसरमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सो पुरस्कार हस्तान्तरण गरे ।

सो अवसरमा प्रेस चौतारीले २०७७ सालको ह्दयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार कृष्णविनोद लम्साल (सुनसरी), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम (गोरखापत्र), प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कार अब्दुल्लाह मियाँ (काठमाडौं)लाई पुरस्कृत गरेको छ ।

यस्तै, २०७८ सालको ह्दयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार चौतारीका पूर्वअध्यक्ष गगन विष्ट, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अनुप तिवारी (पर्सा), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार

हिरा परियार (रुकुम पश्चिम), प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कार शिवराज भट्ट (कैलाली), चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की)लाई पुरस्कृत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 748 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप