काठमाडौं महानगरको मेयरमा लड्ने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सहमहामन्त्रीसमेत रहेकी सुमनाले बुधबार सामाजिक सञ्जालमा लेख्दै आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै आफूले आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रुपान्तरणका लागि समर्पित गर्ने बताइन् ।

‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित,’ उनले भनेकी छन्, ‘आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

उनी २०७९ सालको आम निर्वाचनमा रास्वपाको समानुपातिक सूचीबाट सांसद बनेकी थिइन् । पार्टी संगठनसँग मतभेद बढेपछि उनले २०८२ भदौ २९ गते सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसयता उनी कुनै पनि पार्टीमा आवद्ध छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं महानगरको मेयरमा लड्ने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा